Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • चीनको उच्चस्तरीय टोलीद्वारा क्यापिटल एफएमको भ्रमण

    March 09, 2017

    काठमाडौं, २६ फागुन ।
    चीनले नेपालमा गर्दै आएको संचार सहयोग र आदानप्रदानलाई आगामी दिनमा अझै वृद्धि गर्ने भएको छ । 
    चीनको प्रेस, प्रकाशन, रेडियो, फिल्म तथा टेलिभिजन विभागकी उपमहानिर्देशक चाउ जिहोङले बिहीबार क्यापिटल एफएमको काठमाडौं थापागाउँस्थित केन्द्रीय स्टुडियोको अवलोकनका क्रममा यो कुरा बताउनु भएको हो ।
    सो अवसरमा उपमहानिर्देशक चाउले क्यापिटल एफएमले चीनको अन्तरराष्ट्रिय रेडियो सिआरआईसँग साझेदारी कायम गरी नेपालको लोकप्रिय रेडियो स्टेसन बन्न सकेकोमा प्रशंसा गर्नुभयो । 
    क्यापिटल एफएमका अध्यक्ष प्रकाशबाबु पौडेलले चीनले नेपालको संचार क्षेत्रको स्तरउन्नतिका लागि पु¥याउँदै आएको सहयोगको सह्राहना गर्दै भविष्यमा पनि जारी रहने आशा व्यक्त गर्नुभयो । 
    उपमहानिर्देशक चाउको नेतृत्वमा आएको टोलीलाई क्यापिटल एफएमका प्रबन्ध निर्देशक सुशील राउत, निर्देशकहरु बुद्धलाल श्रेष्ठ र व्याकुल पाठकले स्वागत गर्नुभएको थियो ।

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 

View All News

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope