Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • कमल थापा प्रचण्ड सरकारमा सहभागी

    March 09, 2017

    काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । 

    विस्तारित मन्त्रिपरिषद्मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री थापालाई पद तथा गोपनीयताको सपथ खुवाउनुभयो । 

    यस्तै आजै राप्रप्राका तर्फबाट नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीलाई पनि राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ गराउनुभयो । मन्त्रिपरिषद्मा केही हेरफेरसमेत गरिएको छ । संस्कृतिमन्त्री रहनुभएका जीवनबहादुर शाहीलाई खानेपानी तथा सरसफाइमन्त्री तथा खानेपानीमन्त्री प्रेमबहादुर सिंहलाई विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार तोकिएको छ । 

    राप्रपाका तर्फबाट पर्शुराम तामाङलाई संस्कृति राज्यमन्त्रीको जिम्मा दिइएको छ । उहाँको पद तथा गोपनीयताको सपथ भने शुक्रबार गराइनेछ । समारोहमा उपराष्ट्रपति, मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि, सांसद एवम् विभिन्न राजनीतिक दलका नेता, सञ्चारकर्मीलगायतको उपस्थिति थियो । रासस 

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope