Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • भाजपाको जीत नयाँ भारत निर्माणको आधार : मोदी

    March 13, 2017

    नयाँदिल्ली, ३० फागुन । भारतीय जनता पार्टीका नेता एवम् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीेले भारतमा हालै भएको निर्वाचनमा भाजपाको जीत भनेको नयाँ भारत निर्माणको आधार हो भन्नुभएको छ । 
    उहाँले भन्नुभयो– “भारतीय जनता पार्टीको यो जीत नव भारत निर्माणका लागि एक आधार हो । भारतमा भएको विधान सभाको निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत प्राप्त गरेको एक दिनपछि प्रधानमन्त्री मोदीको यो धारणा आएको हो” । 
    भारतीय राज्य उत्तर प्रदेशमा भारतीय जनता पार्टीले प्रचण्ड बहुमत हासिल गरेको छ । सो निर्वाचनमा भारतीय जनता पार्टीेले प्राप्त गरेको सो मतका विषयमा भारतमा पनि व्यापक मात्रामा चर्चा भएको छ । 
    यो नवभारत निर्माणका लागि ठूलो एक अवसर हो र जहाँ देशका करिब ६५ प्रतिशत युवा नागरिक बस्छन् । त्यस्तो देशमा नवयुवालाई सेवा दिने र नव भारत निर्माणका लागि पनि यो जनमत एक ठूलो अवसर हो र त्यही अवसरका रुपमा लिनुपर्छ । 
    भारतीय जनता पार्टीको केन्द्रीय कार्यालय, नयाँ दिल्लीमा आज आयोजित विजय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नव भारतको निर्माण अब भारतीय जनता पार्टीको नेतृत्वबाट मात्र सम्भव छ भन्नुभयो ।” 
    नव भारतमा भारतका तमाम युवाहरुको आकांक्षा हो भन्दै यसले भारतमा महिलाको विकास र उनीहरुमाथिको लगानीलाई सुनिश्चित गर्ने धारणा राख्नुभयो । 
    आफ्नो पार्टीलाई भोट दिउन वा नदिउन भारतीय जनता पार्टीको नेतृत्वको सरकारकारले भारतका समग्र युवाहरुको बृत्ति विकासका लागि कामगर्ने धारणा उहाँले राख्नुभयो । 
    भारतीय राज्य उत्तर प्रदेशको सो निर्वाचनमा भारतीय जनता पार्टीको अभूतपूर्व विजय भएको थियो । सो निर्वाचनमा ४०३ स्थानमध्ये उक्त दलले ३१२ स्थानमा विजय हासिल गरेको थियो । 
    यो जितका विषयमा भारतमा व्यापक मात्रामा चर्चा भएको छ । भारतीय जनता पार्टीको यस निर्वाचनमा भएको विजयमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीको जसका रुपमा प्रचार गरिएको छ । सिन्ह्वा 

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 

View All News

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope