Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • चीनको सछुवान प्रान्त सरकार उपप्रमुख र अरनिको समाजका पदाधिकारीवीच भेटवार्ता

    March 30, 2017
    काठमाडौं, १७ चैत । चीनको सछुवान प्रान्त जनसरकार उपप्रमुख चू हसिनको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधि मण्डल र अरनिको समाजका पदाधिकारीवीच भेटवार्ता सम्पन्न भएको छ ।
    अरनिको समाजको कार्यालयमा बुधवार विहान आयोजित सो भेटवार्ताका क्रममा उपप्रमुख चू हसिनले नेपाल र चीन प्राचिन कालदेखिका असल मित्र भएको बताउँदै चीनको सछुवान प्रान्त र नेपालबीचको आदान प्रदान आगामी दिनहरुमा अझ बढ्दै जाने विश्वास गरे । उपप्रमुख चू हसिनले सछुवान प्रान्तको विस्तृत जानकारी दिनुका साथै सछुवान प्रान्तले हालैका वर्षहरुमा प्राप्त गरेका विकास निर्माण सम्बन्धि उपलब्धिहरु समेत प्रस्तुत गरे । साथै उपप्रमुख चूले सछुवान प्रान्तका नेपालमा हुने सम्पूर्ण कार्यक्रमहरु अरनिको समाजसँग मिलेर गर्न आफूहरु इच्छुक भएको प्रष्ट पारे । 
    सो अवसरमा अरनिको समाजका अध्यक्ष डा.सर्वोत्तम श्रेष्ठले चिनियाँ प्रतिनिधि मण्डलको स्वागत गर्दै नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म विकसित गर्न स्थापना कालदेखि अरनिको समाजले निर्वाह गरेको भूमिका जानकारी गराए । चीनमा चिकित्साशास्त्र र ईन्जिनियरिङ विषयमा उच्च शिक्षा हासिल गरी फर्किएका नेपालीहरुको साझा संगठनको रुपमा स्थापित अरनिको समाजले नेपालस्थित चिनिया राजदूतावास र चीनका प्रतिष्ठित संघसंस्थाहरुसँग मिलेर नेपाली जनताको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोगलाई निरन्तर अगाडि बढाईरहेको जानकारी समेत गराए । 
    काठमाडौंमा आयोजना भएको सछुवान खाना महोत्सवको प्रमुख अतिथिका रुपमा आउनु भएका चू हसिनको नेतृत्वमा ६ सदस्यीय सरकारी प्रतिनिधि मण्डल र विभिन्न क्षेत्रका व्यवसायी समेत गरी ३५ जनाको सहभागीता रहेको छ । 
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope