Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • नेपाल-चीन पर्यटक बढाउन सहमत

    April 19, 2017

    काठमाडौं, ६ वैशाख । नेपाल र चीन एकअर्को देशमा पर्यटक बढाउन सहमत भएका छन् । काठमाडौंमा बुधबार नेपाल-चीन चेम्बर अफ कमर्स र चाइना नेशनल टुरिज्म अफिसद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा सरोकारवाला व्यक्तित्वहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिलनाथ गिरीले नेपाल र चीन असल छिमेकी राष्ट्र भएकाले एकअर्कालाई हरेक क्षेत्रमा साथ दिंदै आएको प्रसंग उल्लेख गर्दै नेपालको समृध्दियात्रामा सहयोगको अनुरोध गर्नुभयो । उहाँले नेपालको जलस्रोतको उपयोगबाट नेपाल मात्र लाभान्वित नभई चीनले समेत लाभ लिन सक्ने भएकोले लगानी बढाउन आग्रह गर्नुभयो । नेपाल बुध्द जन्मस्थल भएकोले करोडौं बौध्दमार्गी पर्यटकलाई भित्र्याउन चीनको साथ माग्नुभयो । नेपाल समृध्द हुँदै गएका दुई ठूला छिमेकी चीन र भारतको बीचमा रहेकोले यदि नेपाल गरिब भएमा त्यसको नकारात्मक असरबाट छिमेकी अछुतो नहुने भएकाले साथसाथै विकास गरेर लैजाने वातावरण मिलाउन मन्त्री गिरीले आग्रह गर्नुभयो ।

    नेपालका लागि चीनका राजदूत यु होङले पुरानो संस्कृति र सभ्यता भएका मुलुक भएकाले चीन र नेपालबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै असल छिमेकीका कारण नेपाल सधैं प्राथमिकतामा पर्ने गरेको बताउनुभयो । उहाँले २०७२ सालको महाभूकम्पपछि नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा कमी आए पनि हालका दिनमा विस्तारै वृध्दि हुँदै आएको जानकारी दिनुभयो । नेपालको जलस्रोतलगायत आर्थिक क्षेत्रको विकासमा सहयोग गर्न सधैं तत्पर रहेको जानकारी पनि राजदूतले दिनुभयो ।

    नेपाल-चीन चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र चीनबीच सडक सन्जालको विकास भइनसकेको र हवाई यातायात महंगो रहेकोले चिनियाँ पर्यटक वृध्दि हुन नसकेको बताउनुभयो । अन्य देशको तुलनामा नेपाल र चीनका विभिन्न शहरबीचको दूरी कम भए पनि हवाई भाडा महंगो भएको दृष्टान्त पेस गर्दै उहाँले यो भाडादर घटाउन दुवै देशका सरोकारवाला निकायले पहल गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

    चाइना टुरिज्म सेन्टरकी निर्देशक याङ डोङले नेपालीहरू पनि विदेश घुम्ने क्रम बढिरहेकोले चीनका ऐतिहासिक तथा प्राकृतिक क्षेत्रको भ्रमण गर्न आग्रह गर्नुभयो । नेपाल पर्यटन बोर्डका सुनील शर्माले चिनियाँ पर्टकका लागि नेपाल धेरै किसिमले महत्वपूर्ण रहेकोले भ्रमण गर्न अनुरोध गर्नुभयो ।

    कार्यक्रममा दुवै देशका पर्यटन प्रबर्ध्दनसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो । 

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 

View All News

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope