Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • बसुन्धरा–मान पुरस्कार घोषणा

    April 20, 2017

    काठमाडौं, ७ वैशाख । यस वर्षको बसुन्धराश्री पुरस्कार प्रसिद्ध साहित्यकार डा. तारानाथ शर्मालाई प्रदान गरिने भएको छ ।

    उत्कृष्ट, विशिष्ठ र पठनीय आधुनिक नेपाली निबन्ध, नियात्रा, कथा, उपन्यास र समालोचनाको सिर्जनाद्वारा नेपाली साहित्यमा सिंगो जीवन समर्पण गरेवापत डा. शर्मालाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । यो पुरस्कारको राशि ५० हजार रूपियाँ रहेको छ ।

    यसै गरी चर्चित संचारकर्मी एवं साहित्यकार खगेन्द्र नेपालीलाई मानश्री पुरस्कार प्रदान गरिने भएको छ । प्रवासमा रहेर पनि नेपाली साहित्यका विभिन्न विधाको सिर्जना तथा आफ्नो सुमधुर स्वरद्वारा नेपाली साहित्यका कृतिहरूलाई अझ सुपाठ्य, शालीन र समुन्नत बनाउन योगदान दिएवापत नेपालीलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । यो पुरस्कारको राशि २५ हजार रूपियाँ रहेको छ ।

    बसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बिहीबार बसेको बैठकले यो निर्णय गरेको प्रज्ञाप्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope