Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • नेपाल र चिन बिचको सझादेरीको नयाँ फड्को, ओबिओआर सम्बन्धी बृहत् समझदारी पत्रमा नेपालको हस्ताक्षर

    May 12, 2017

    दुई देशबीच सडक तथा रेल कनेक्टिभीटी विस्तार, लगानी, ब्यापार, पर्यटन लगायत  विविध क्षेत्रमा सहकार्य सुरु । 


    चीनले अघि बढाएको महत्वाकांक्षी वान बेल्ट वान रोड (ओबिओआर) अवधारणामा नेपाल आजदेखि औपचारिक रुपमा सदस्य बनेको छ । ओबिओआरमा नेपालको सहभागिता सम्बन्धी बृहत् समझदारी पत्रमा नेपाल र चीनबीच आज काठमाण्डौमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकर दास बैरागी र चिनियाँ राजदूत यु होङ्ले हस्ताक्षर गर्नुभएको हो ।  मन्त्रिपरिषद्को बैठकले चीनसँग वान बेल्ट वान रोड अवधारणामा नेपालको सहभागिता सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने औपचारिक निर्णय गरेसँगै प्रकृया अघि बढेको थियो । दक्षिण एसिया क्षेत्रबाट श्रीलंका, बंगलादेश, पाकिस्तानपछि नेपाल उक्त अवधारणाको सदस्य बनेको छ ।



    एशिया, युरोप र अफ्रिकाका ६६ मुलुकलाई सडक, रेल र हवाई मार्गको सञ्जालबाट जोडेर विश्वकै अर्थतन्त्रलाई उकास्ने चीनको महत्वाकांक्षी योजना ‘ओबिओआर’ अर्थात् ‘वन बेल्ट, वन रोड’ मा नेपाल पनि जोडिए पछि नेपालको अबस्था थप सुदृढ हुने विश्वास गरिएको छ । सन् २०१४ को प्रारम्भमा नेपालले यसबारेमा प्रारम्भिक सहमती गरेपनि औपचारिक पत्राचार हुन डेढ बर्ष लागेको थियो । ओबिओआरले सडक, रेल, हवाई , वित्तिय संस्था, व्यापार तथा वाणिज्य, लगानी, पर्यटन, अर्थतन्त्र, संस्कृति तथा शिक्षा, जनस्तरको सम्बन्ध लगायतका विषय समट्ने छ । दुवै देशको हितलाई आधार मानेर नेपालले यसमा हस्ताक्षर गरेको हो ।


    चिनले पूर्वाधार नेटवर्क मार्फत् पुरानो ‘सिल्क रोड’ लाई पुनर्जीवन प्रदान गर्न खोजेको छ । यसको लागि चीनले एसियाली पूर्वाधार विकास बैंक, सिल्क रोड कोषजस्ता वित्त संस्था मार्फत् लगानी अवसर सिर्जना गर्न चाहेको छ । यसले सिंगो नेपालको बिकाश हुने सरकार तथा पराराष्ट्रमन्त्रालयका अधिकारीहरुको विश्वास छ ।

    वानवेल्ट वन रोड परियोजनामा हस्ताक्षर पछि बिशेष आर्थिक क्षेत्र, विमानस्थल, सुख्खा बन्दरगाह, उद्योग, जलबिद्युत् परियोजना, औद्योगिक प्रविधि पार्क लगायत भौतिक पूर्वाधार निर्माणमा दुई देशबीच महत्वपुर्ण सहकार्य सुरुभएको छ । “बेल्ट एन्ड रोड” अवधारणामा सहभागी भइ नेपाललाई चीन हुंदै तेश्रो मुलुक संग पारवहन व्यापार गर्न समेत सहज हुनेछ ।


    बेइजिङमा अन्तराष्ट्रिय 'बेल्ट एन्ड रोड' सम्मेलन
    चीनले यो अवधारणालाई विश्वव्यापीकरण गर्न २ दिन पछि बेल्ट एन्ड रोड  शिखर सम्मेलन गर्दैछ । परियोजनाको महत्व विश्व समुदायलाई प्रकाश पार्न तथा विश्वव्यापी रुपमा अघि बढाउन बैशाख ३१ र जेष्ठ १ मा बेइजिङमा अन्तराष्ट्रिय सम्मेलन हुनेछ । नेपाल ओबिओआरमा सदस्य बनेपछि अब सम्मेलनमा सहभागिता जनाउने बाटो खुलेको छ । शिखर सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम अर्थ मन्त्री कृष्ण वहादुर महरा आजै चीन जाने कार्यक्रम छ । उपप्रधानमन्त्री महरा आज दिउँसो सम्झौताको प्रतिलिपि सहित  चीन जानुहुनेछ । साथै महराले चिनिँया उपप्रधानमन्त्री वाङयाङसँग पनि भेट्ने तय भएको छ । पर्सि आइतबार र सोमबार चीनले आयोजना गर्न लागेको “बेल्ट एन्ड रोड” शिखर सममेलनमा उपप्रधानमन्त्री महरा, सहित सञ्चारमन्त्री सुरेन्द« कार्की र भौतिक योजनामन्त्री रमेश लेखक  चीन जानुहुने छ ।



    वान रोड वान बेल्ट परियोजनाको ऐतीहासिक सम्झौतामा हस्ताक्षर पछि नेपाल र चीनका प्रतिनिधिले दिएको प्रतिकृया सहितको अडियो सामाग्री
     

    Download Audio
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope