Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • अमेरिकी सडकमा हजारौं नेपाली परेडमा सहभागी

    May 23, 2017
    म्यानहाटन, न्युयोर्क, अमेरिका, २१ मे, २०१७ । 
    २५६१ औं बुद्धजयन्ती तथा गणतन्त्र दिवसका अवसरमा अमेरिकाको व्यापारिक शहर न्युयोर्कको केन्द्र म्यानहाटनमा हजारौं नेपालीले विभिन्न जातिय तथा सांस्कृतिक झाँकीसहित परेड गरेका छन् । 
    नेपालीहरूको पहिचानलाई एकताबद्ध गर्दै नेपाली कला–संस्कृतिको परिचय दिने उद्देश्यले आयोजना गरिएको परेडकको उद्घाटन उद्योगमन्त्री नवीन्द्रराज जोशीले गरेपछि गीत–नृत्यसहित हरेक क्षेत्र, जाति र समुदायका नेपालीहरू अघि बढेका थिए ।  मेडिसन एभिन्युको ३८ स्ट्रिटबाट सुरु भई मेडिसिन एभिन्युकै २७ स्ट्रिटसम्मको सडकमा नेपालीहरूले करिब चार घण्टा परेड गरेका थिए । परेड आयोजक समितिकी सदस्य गीता पन्थले करिब सात हजार नेपाली परेडमा आबद्ध भएको जानकारी दिनुभयो । 
    नेपालको हिमाल, पहाड, तराईका विविध जनजातिका सांस्कृतिक झाँकी र गीतसंगीत परेडको प्रमुख आकर्षण थियो । हिमालका शेर्पा, थकाली, पहाडका राई, राई, लिम्बु, मगर, गुरुङ, क्षेत्री–बाहुन, उपत्यकाका नेवारलगायत जातजातिका व्यक्तिहरूले नेपालको राष्ट्रिय पोशाक र आ–आफ्नो जातिय पोशाकमा परेड गरेका थिए । तराईका केही जातिय संस्कृति झल्किने झाँकी देखिए पनि त्यताको सहभागिता भने न्युन थियो ।  
    उद्योगमन्त्री जोशीले विदेशीभूमिमा नेपालीहरूले देखाएको यो एकता, अनुशासन अनि नेपाल चिनाउन गरेको प्रयत्नले आफू मन्त्रमुग्ध भएको प्रतिक्रिया दिनुभयो । परेड आयोजक कमिटीका संयोजक मंगलदास श्रेष्ठले सबैको उत्साहजनक सहभागिताले विदेशी भूमिमा नेपाल चिनाउने प्रयास सफल भएको बताउनुभयो । उहाँले गत वर्षभन्दा यो पटक परेड अझै भव्य भएको र आगामी दिनमा पनि सहभागितामा व्यापकता दिंदै निरन्तरता दिने जानकारी दिनुभयो । 
    जातिय झाँकीका साथै परेडमा बुुद्ध, पशुपतिनाथ, जानकी मन्दिर, सगरमाथाका ठूला चित्रअंकित ट्रकहरूले परेडको शोभा बढाउँदा पेटीबाट नियालिरहेका अमेरिकीहरू आकर्षित भइरहेका थिए ।
    अपेक्षा अनुरूप परेड अवलोकनमा अमेरिकीहरूको सहभागिता भने थिएन । सिंगो नेपाल नै झल्किएको परेड बढीभन्दा बढी विदेशीलाई देखाउन सकिएको भए नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने प्रतिक्रिया सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गरेर मेलामा सहभागी साहित्यकार किशन सिंह धामीले दिनुभयो । 
    व्याकुल पाठकबाट
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 
C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope