Get the Flash Player to see this player.
Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • १५ हजार शहिदको भिडमा चार महान सहिदको संझना

    January 29, 2013

    कृष्ण तिमल्सिना

    ( रामहरी शर्माको निधन हुनु अघी उहांसंग गरिएको संवादमा केन्द्रित् रहेर तयार पारिएको सामाग्री )
     
     
    हु“दैन बिहान मिर्मिरे तारा झरेर नगए, बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए जबजब सहिद दिवसको सन्दर्भ उठ्छ कवि भूपि शेरचनका यी पंक्ति सबैले संझन्छन् । यसपटकको सहिद दिवसमा पनि धेरैले यो पंक्ति स्मरण गरे अनि सहिदगेटमा राजा त्रिभुवनको नेतृत्वमा बसेका चार सहिदका सालिकमा फूल चढाइए । लैनचौरको सहिदस्तम्भ, सहिदका नाममा एक दिन  चिटिक्क पारिएको छ । विभिन्न निकायका प्रमुखहरु त्यहां पुगेर सहिदको सम्मानमा श्रद्धाको फुल चढाउने क्रम चलिरहेको छ । । देशका अन्य भागमा पनि आ–आफ्नै मान्यता र परिभाषा अनुसारका सहिदको शालिक तथा तस्विरमा माला चढाइराखीएको छ ।
     
    जहानियां राणाशासन विरुद्ध पहिलोचोटि जनस्तरबाट संगठित विद्रोह गर्ने प्रथम सहिद लखन थापामगर देखी वाहुन भएकै कारण फांसीको सजाएंबाट जोगीएका ज्यू“दा सहिद रामहरी शर्मा सम्मको आफ्नै तहबाट संझना गरिन्छ यो साता । तत्कालीन राणा प्रधानमन्त्री जंगवहादुर राणा भन्थे– हुकुमको जवाफ छैन कालको ओखति छैन । यही कालमा विसं १८९१ मा गोरखाको बुङकोट काहुलेमा जन्मेका लखन थापामगर पुरानो गोरख गण पल्टनहुंदै प्रजातान्त्रीक आन्दोलनमा होमीएका थिए । १८५७ मा लखन थापा राणाविरोधी र जनपक्षीय विचार निर्माणमा लागे ।
     
    थापाले विसं १९२७ मा जंगबहादुरविरुद्ध विद्रोह गरे र त्यसैको आरोपमा थापालाई पक्रेर जंगवहादुर राणाले मनकामना मन्दिर अगाडि विसं १९३३ फागुन २ गते झुण्ड्याएर मारे । त्यसैले लखन थापा नेपालको प्रथम सहिद मानिन्छन् । त्यसपछि नेपालमा १९९७ सालमा फेरि राणा विरुद्ध संगठीत् विद्रोह भयो । राणा शासनको उत्तरार्दधमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द मारिए । तर लखन थापालाई २००७ सालपछि शहिद भनिएन ।
     
    २०५६ सालमा मात्र थापा सहिद घोषणा भए । किनकी ०९७ साल माघ ९ गते जुद्धशमशेरको आदेश र त्रिभुवनको निर्णयमा शुक्रराज शास्त्रीलाई पचलीको खरीको रुखमा झुण्ड्याइयो त्यसपछि मात्र सहिदको फेहरिस्ता तयार भएको हो । माघ ११ गते सिफलको बकैनाको रुखमा धर्मभक्त माथेमा, १६ गते दशरथचन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली ठोकेर मारियो । त्यही चार सहिद मारिएको समयलाई अहिले पनि सहिद सप्ताह भनिन्छ ।
     
    अहिले सहिदको परिभाषा तथा मापदण्ड फेरिएको छ । आलोचकहरुले कत्तिसम्म भनेका छन् भने– घरको कौसीमा जुुम्रा हेर्दाहेर्दै बितेका, आपराधिक क्रियाकलापमा संलग्न भएका, राज्य विरुद्ध हतियार उठाएका, दुर्घटनामा परेका तथा पार्टी राजनीतिमा लागेकालाई समेत सहिदको दर्जा दिएर परिवारलाई १०÷१० लाख रुपैंया दिने काम भएको छ ।
     
    त्यसैले पनि वास्तवीक सहिदका परिवारहरु म सहिदको परिवार भन्न लजाउन थालेका छन् । यस्तो अवस्थामा सहिद सप्ताह अथवा कुनै कार्यक्रम अघी गरिने एक मिनेट मौनधारणले उनिहरुको वलिदानीको सम्मान हुदैन । सहिद भनेको देश र जनताका लागि प्राण आहुति गर्ने मानिस हो । अर्थात प्राण जाए, पर वचन नजाए गरेर वीरगति प्राप्त गर्ने व्यक्ति । अरुले गर्न नसक्ने साहसिक काम गरेर, दाम र मामको पछि नलागी आफ्नो मृत्युको आफैंले मञ्जुरीनामा दिएर मृत्युवरण गर्ने मान्छे ।
     
    तर अहिले नेपालमा यस्ता मान्छेको संख्या सरकारले १५ हजारको हाराहारी पु¥याएको छ । जसले लखन थापा अथवा १९९७ सालका चार शहिदको वलिदानीलाई गिज्याएको छ । सहिदको परिभाषा तोक्नेहरुले बुझ्नै पर्छ, साहस देखाउंदैमा, प्राण त्याग गर्दैमा र ज्यानको बाजी थाप्दैमा सहिद भन्न मिल्दैन । किनकी साहस त लडाईंको मैदानमा धेरैले देखाएका हुन्छन् । साहस त आत्महत्या गर्नेले पनि देखाएको हुन्छ । त्यसकारण सक्कली सहिद हुन बलिदान र साहस मात्र पर्याप्त छैन । सक्कली सहिद त्यो हो जसमा देश प्रेमको भावना हुन्छ ।
     
    इतिहांस पल्टाउंदा, २०१७ सालतिर टुंडिखेल टुक्र्याएर, सहिदगेट बनाएपछि राज्यले नै सहिद सप्ताह मनाउंदै आएको छ । आलोचकहरु भन्छन्– सहिदको मूल्य हुदैन ? यदी मुल्य नै हुन्छ भने के पहिलेका मुख्य ४ सहिदले क्षतिपूर्ति पाए त ? इतिहांस साक्षि छ, उल्टै उनिहरुको सर्वस्वहरण भएको छ । तर अहिलेको हिसाबमा राज्यले एक जना सहिदको वलिदानी १० लाख रुपैंयामा किन्न थालेको छ । परिभाषा र मापदण्ड नतोकेकै कारण– घाइते भए जिन्दगीभर उपचार, मरे परिवारले १० लाख र सहिद ।
     
     
    तत्कालीन १९९७ सालको राणा विरोधी आन्दोलनमा जीवन उत्सर्ग गर्ने चार जना महान सहिदले देखाएको बाटो र वलिदानीलाई पच्छ्याउने नाममा अहिले नेपाल सरकारले १५ हजार भन्दा बढी सहिद घोषणा गरेको अवस्थामा फेरि पनि यो वर्ष सहिदको संझनामा  सहिद सप्ताह सुरु भएको छ । सहिद, सहिदको परिभाषा, मापदण्ड अनि १० लाख रुपैंया तिरेर सहिद शव्द किन्ने सरकारको चरित्र सामु वास्तविक सहिदका परिवारले भने सहिद सप्ताहलाई सहिदको अपमान गर्ने सरकारी क्यालेन्डर भनिरहेका छन् ।
     
    १९९७ सालका एक मात्र जिवित साक्षी ज्यू“दा सहिद रामहरी शर्माको अभिव्यक्ति मान्ने हो भने अहिले राज्यले सहिदको खेती गरेको छ र दलहरुले पनि सहिदको खेती गरेर भोटको राजनीति गरिरहेका छन् । शर्माका अनुसारराज्यले अहिले सहिदको अपमान गरेको छ । सहिदको मापदण्ड तोकेको छैन र पार्टीका कार्यकर्ता अथवा दवावका आधारमा सहिद घोषणा गर्ने परम्परा बसालेको छ । यसैले त अहिले नेपालमा १५ हजारको हाराहारीमा सहिद पुगेका छन् । के यो परम्पराले ति वास्तवीक सहिदको सम्मान गरेको छ ? शर्माको प्रश्न छ । अहिले सहिद सप्ताहका सन्दर्भमा देशभर विभिन्न कार्यक्रम गरेर सहिदका नाममा भाषण भइरहेका छन् । सरकारले शहिदपार्क तथा शहिद स्तम्भमा तामझाम देखाएको छ र भनि रहेको छ– सहिदको बलिदानी र सहासको सम्मान गर्नुपर्छ । 
     
    राज्यले धेरै सार्वजनीक विदा तलमाथि गरेपनि आजसम्म सहिद दिवसका दिन विदा दिन छाडेको छैन ।  तैपनि वास्तवीक शहिद परिवारको भावनामा ठेस पुगी रहेको छ । २०४६ सालको जनआन्दोलन तथा त्यसमा जीवन आहुती दिए ३१ जना सहिदका परिवारले शहिद बन्ने लोभ गरेनन् । त्यसैले राज्यले केहिलाई राहत तथा क्षेतीपूर्ति दियो र उनिहरुलाई थुमथुम्यायो । 
     
     
    सहिद बन्न अहिले निकै सजिलो भएको छ । राज्यले सहिदको नापतौल नगरेरै वर्गीकरण गर्छ । यो क्रम ०६३ यता देशमा बढी देखीयो । धेरै भागमा पुराना सालिक भत्काएर सहिद पार्क बनाइए । सहिद स्मारक बन्यो । २०१८ साल वैशाख १ गते उद्घाटन भएको सहिदगेट अन्तै सार्ने चर्चा भयो । त्रिभुुवनको शालिक सारेर वहादुरी देखाउन खोज्यो राज्यले । अन्तत तिनै सालिकमा यो साता धेरै माला लगाइए । फूलको गुच्छा चढाइयो । व्याण्डबाजा बजाएर भव्यताका साथ सहिद सप्ताह मनाइ राखिएको छ । सरकारले भन्न छाडेन– शहिद परिवार जहांसुकै जाउन, जेसुकै खाउन ।
     
    प्रमाण पु¥याएर आए १० लाख रुपैंया दिउंला नत्र हाम्रो काम हो सहिद सप्ताह मनाउने अब अर्को बर्ष मनाउंला । नागरिक समाज पनि त्यस्तै बन्यो । दिनहु हुने अपहरण अनि अपहरण लगत्तै हत्या । हत्याको समाचार सार्वजनीक नहुंदै शव बुझ्न छाडेर शहिद घोषणा गर्न राज्यलाई दवाव दिने । त्यसपछि यो शब्द यति सस्तो भयो की जो कोही सजिलै सहिद हुने भए ।  
     
    गाडीको ठक्कर लागेर मरेका पनि शहिदको सुचीमा परे । तत्कालीन माओवादी नेतृत्वको सरकारले ९ महिने शासनकालमा ७ हजार कार्यकर्तालाई सहिद घोषणा ग¥यो । त्यही मौकामा कांग्रेस, एमाले र मधेसी दलले पनि बाजी मारे । बर्तमान गठबन्धन सरकारले पनि युद्धकालमा मारिएका सैनिक, प्रहरी र राजनीतिक कार्यर्तासहित ७ हजारलाई सहिद घोषणा ग¥यो । यसमा दसवर्षे जनयुद्ध, जनआन्दोलन ०६२÷६३ र मधेश आन्दोलनमा मारिएकाहरुको नाम परेको छ ।
     
    माओवादी युद्धमा उत्रिने माओवादी पिडित् गणेश चिलवालदेखि सशस्त्र प्रहरीका महानिरीक्षक कृष्णमोहन श्रेष्ठ तथा श्रीमति नुडुप समेत एउटै मापदण्डमा परे । तर शुक्रराज, गङ्गालालको चर्चा हुन छाड्यो । उनिहरुका परिवारलाई सवैले विर्सिए । २०४६ सालको आन्दोलनका सहिदका परिवार पनि चर्चामा रहेनन् । लोकतन्त्र आयो । राज्यले ११ बर्षे सशस्त्र युद्ध भोग्यो । त्यसको सवैभन्दा बढी प्रभाव शहिदको सुचीमै देखीयो । राज्यले सहिद शब्दको अर्थ खोजेन र दलगत राजनीतिका कार्यकर्तालाई सहिद बनाएर १० लाख बाढ्ने खेती चलायो ।
     
    शहिद जो– देश र देशवासीको हक–अधिकारका लागि आफ्नो जीवन नै बलिदान दिन सक्छ । यही मापदण्डमा परेका थिए, नेपालका चार जना शहिद । जसले राणा शासकको चरम अत्याचारको विरोधमा जीवन बलिदान गरे, जसले राणा शासकका अगाडि घुंडा टेकेनन् । त्यसैले उनिहरु पञ्चायतकालमा पनि अजर–अमर ठहरीए ।  त्यसपछिका करिव सात दशक तिनै चारजनाले सहिदको मूल्यलाई जीवित राखे । जसको सम्मानमा शिर नझुकाउने नेपाली अहिले पनि कमै होलान् ।
     
    यसपछि नेपालमा धेरै राजनीतिक परिवर्तन भए । अहिले गणतन्त्र कष्टका साथ घस्री रहेको छ । तर नेपाली गणतन्त्रले सहिदको मान्यतालाई बुझिनसक्नुको बनाएको छ । लोकतन्त्र आएको पांच वर्ष नवित्दै देशमा १५ हजारको हाराहारीमा सहिद घोषित भएका छन् । लडाईंमा लड्ने लडाकुले, धेरथोर तलब भत्ता पाउंछन्, आन्दोलनमा मारिनेको पनि स्वार्थ हुन्छ ।
     
    कोही त झुक्किएर भवितव्यमा पनि परेको हुन सक्छन् । तर यो तथ्य र मापदण्ड निर्धारण नगरि सहिद घोषणा गर्ने होडले अहिले सहिद शव्दकै अपमान गरेको छ । राज्यले त्यस्ता भवितव्य अथवा हुलमुलमा परेकालाई क्षतिपूर्ति दिनुपर्छ, घाइतेको उपचार गर्नुपर्छ, परिवारलाई रोजगारी मिलाई दिनुपर्छ, बालबच्चाको शिक्षा स्वास्थ्यको व्यवस्था गरि दिनुपर्छ तर सहिदको मापदण्डमा पार्नु गलत हो । तर अहिले यही विडम्बना दोहोरीएको छ ।
     
    मानिस हो, ऊ कुनै न कुनै राजनीतिक आस्थास“ग जोडिएकै हुन्छ । जुनसुकै कारणले उसको मृत्यु भएपनि त्यसले राजनीतिक रंग लिन्छ र ऊ शहिद हुन्छ । नत्र बन्द–हडताल गरेरै भएपनि उसलाई सहिद घोषणा गर्न सिंहदरवारलाई वाध्य बनाइन्छ ।
     
    किनकी शहिद भएपछि १० लाख पाइन्छ । त्यसैले त नेपाल अहिले  सहिदै सहिदको देश बन्न पुगेको छ । आलोचकहरुले सरकारलाई भनेका छन्– दबाबमा सहिद घोषणा गर्ने परम्परा रोकेर अव सरकारले सवै नेपालीलाई जिउंदा सहिद घोषणा गरिदिए हुन्छ । यसो भएमा दिनहुं हुने आन्दोलन र बन्द हड्ताल रोकीने छ ।
     
    सरकारले पनि राजनीतिक वा अन्य सामाजिक दबाब सहनु पर्ने छैन । हैन भने अहिलेसम्म घोषणा भएका सहिदलाई वर्गीकरण गरिनु पर्छ । दुर्घटना सहिद, द्धिवपक्षीय भिडन्तका सहिद, झडप सहिद, राजनीतिक सहिद, धार्मीक सहिद, विद्यार्थी सहिद, चालक सहिद अथवा निजामति सहिद । नत्र, यस्तो हचुवाका सहिदले शब्दको गरिमा मात्र विगार्दैन वास्तवीक सहिदको समेत अपमान ठहरीने छ । 
     
    ( रामहरी शर्माको निधन हुनु अघी उहांसंग गरिएको संवादमा केन्द्रित् रहेर तयार पारिएको सामाग्री )
    कृष्ण तिमल्सिना
     
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Honor of the Month
Band of the Month Pratibha of the Month Melody Crossed The Boundaries ... Music Chart

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
U.S. dollar 1 98.03 98.63
European euro 1 123.39 124.15
UK pound sterling 1 156.87 157.83
Swiss franc 1 102.34 102.96
Australian dollar 1 86.19 86.72
Canadian dollar 1 87.65 88.19
Singapore dollar 1 76.65 77.12
Japanese yen 10 8.99 9.05
Chinese renminbi (Yuan) 1 16.03 16.13
Saudi Arabian riyal1 26.13 26.29
Qatari riyal1 26.92 27.09
Thai baht1 3.01 3.03
UAE Dirham1 26.69 26.85
Malaysian ringgit1 29.81 29.99
South Korean Won 1009.279.33
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope