Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • प्याकेज सहमतिका लागि कार्यदलको बैठक जारी, आजै हस्ताक्षर गर्ने तयारी

    February 18, 2013

     

     
    वर्तमान प्रधानमन्त्रीको बहिर्गमन र नयाँ सरकार गठनका विषयमा सहमति जुटाउन चार प्रमुख दल एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाले गठन गरेको कार्यदलको बैठक शितल निवासमा अहिले बसिरहेको छ ।  कार्यदलको प्रतिवेदनलाई शीर्ष नेताहरुले अन्तिम रुप दिने र राष्ट्रपति भवनमा नै सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी रहेको बुझिएको छ ।
    शनिबार बसेको प्रमुख चार दलको बैठकले जेठमा निर्वाचनको सुनिश्चितता हुनेगरी संविधान संशोधन, निर्वाचन आयोगमा नियुक्ति, बाधाअड्काउ फुकाउ, अस्थायी प्रशासन, सरकारको स्वरुप र राजनीतिक दल र सरकारबीचको सम्बन्ध, निर्वाचन क्षेत्र, मधेसमा रहेको नागरिकताको समस्या, निर्वाचन प्रणाली, निर्वाचनको मिति, समानुपातिक निर्वाचन संख्यामा शीर्ष नेताको बैठकमा प्रतिवेदन पेस गर्न अधिकार दिएको थियो ।
     
    एकीकृत माओवादीबाट कृष्णबहादुर महरा र खिमलाल देवकोटा,नेपाली कांग्रेसबाट विमलेन्द्र निधि र मिनेन्द्र रिजाल, नेकपा एमालेबाट भीमबहादुर रावल र अग्नि खरेल, मधेसी मोर्चाबाट हृदयेश त्रिपाठी र जितेन्द्र देव सम्मिलित कार्यदललाई हिजो दिउँसो २ बजेसम्म समय दिइए पनि काम नसकेपछि आज सम्मका लागी समय पाएको छ । प्रधानन्यायाधिश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया आज टुंगो लाग्ने नेताहरुले बताएका छन् ।।।
     यसैबीच, राष्ट्रपति डा. रामवरण यादवले आज विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दल सम्मिलित सर्वदलिय बैठक बोलाउनुभएको छ । प्रधानन्यायाधिश खिलराज रेग्मीको नेतृत्वमा आगामी जेठभित्रै निर्वाचन गर्ने गरी चुनावी सरकार गठन गर्ने प्रमुख दलहरुबीच सैद्धान्तिक सहमति भएपछि थप परामर्शका लागि राष्ट्रपतिले सर्वदलीय बैठक बोलाउनु भएको बुझिएको छ ।।।।।।।
     
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

  • 8fa6a70e818f86522dc40a462e23fb90.jpg
    रेखा र छविको भिडन्त दशैंमा काठमाण्डौ असार ४ । नायिक रेखा थापा र  उहाका पूर्व श्रीमान निर्माता छवि ओझाको चलचित्र दशैंमा एकैसाथ प्रर्दशनमा आउने तयारीमा छ ।  नायिका रेखाले बनाएको चलचित्र ‘काली’ र छविले बनाए.. READ MORE
  • 26c92dc3675c09c0661d41bf425a7616.jpg
    जनकविकेशरी थापाको स्वास्थ्यमा सुधार काठमाण्डौ असार ४ । वीर अस्पतालमा उपचार गराइरहनुभएका जनकविकेशरी धर्मराज थापाको स्वास्थ्यमा सुधार आएको छ । उहाँ उच्च रक्तचाप, मधुमेह, मस्तिष्क पक्षघात लगायतका रोगबाट ग्रसित भई बोल्न नसक्ने अवस्थामा गत.. READ MORE
  • VIEW ALL
Madhoo Ratri Music Chart

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu 19°C 29°C 19°C 30°C
Pokhara 18°C 24°C 18°C 26°C
Biratnagar 31°C 39°C 30°C 37°C
Birganj 33°C 41°C 32°C 43°C
Bharatpur 25°C 38°C 24°C 40°C
Mahendranagar 24°C 33°C 26°C 37°C
Nepalganj 27°C 38°C 29°C 38°C
Butwal 34°C 40°C 33°C 40°C
Dhangadhi 27°C 35°C 28°C 38°C
Tikapur 27°C 38°C 29°C 38°C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
U.S. dollar 1 93.65 94.25
European euro 1 125.41 126.21
UK pound sterling 1 146.30 147.24
Swiss franc 1 101.73 102.38
Australian dollar 1 89.02 89.59
Canadian dollar 1 91.74 92.33
Singapore dollar 1 74.46 74.94
Japanese yen 10 9.85 9.91
Chinese renminbi (Yuan) 1 15.29 15.38
Saudi Arabian riyal1 24.97 25.13
Qatari riyal1 25.72 25.88
Thai baht1 3.05 3.07
UAE Dirham1 25.50 25.66
Malaysian ringgit1 29.73 29.92
South Korean Won 1008.298.34
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope