INTERVIEWS
-
Rekha Thapa : Interview
June 11, 2012चलचित्र 'हिरो'बाट नेपाली फिल्ममा पाइला टेकेकी नायिका रेखा थापाको त्यसपछि कहिल्यै फिल्मी उद्योगमा खुट्टा लरबराएन । निर्माता छवि ओझासँगको सम्बन्धले समेत उनलाई फिल्मी क्षेत्रमा अग्रस्थान ओगट्न टेवा मिलेको हो । छोटो कपडा, छुद्रो बोली र कामुक अभिव्यक्ति रेखाका चिनारी जस्तै बनेका छन् । झण्डै दुई सय सिनेमामा अभिनय गरिसकेकी रेखाले पति छविसँगको होम प्रोडक्सनबाट समेत आधा दर्जन फिल्ममा अभिनय गरेकी छिन् । तर झण्डै एक वर्षदेखि छविसँग सम्बन्ध बिग्रिएपछि उनीहरुको सम्बन्धका बारेमा बारम्बार विभिन्न कुरा आउँदै सेलाउँदै गरे ।
झण्डै एक वर्ष तपाइँको वैवाहिक सम्बन्धलाई लिएर फिल्मी क्षेत्र तात्यो नि ?
तातेको होइन । तताएको । लोग्नेस्वास्नीमा अलिअलि मनमुटाब हुनु सामान्य हो । तर केही मिडियाले यसलाई अनावश्यक उचालेको हो । फेरि हामीले पनि १० महिनासम्म हाकाहाकी कुरा नगरी अरुका कुरा मात्रै सुनेछौं । त्यसैले अहिले फेसटुफेस कुरा गरिरहेका छौं ।
अब के सम्बन्ध पुरानै अवस्थामा आउँछ ?
यसै भन्न सकिन्न । जे पनि हुनसक्छ । कुरा भईराखेको छ । एकअर्काले कत्तिको बानी सुधार्न सकिन्छ त्यसमै भर पर्छ ।
भनिन्छ, फिल्मी क्षेत्रमा आएपछि तपाइँले कहिल्यै पछाडि र्फकनुपरेन । तर नयाँ कलाकारहरुको आगमनले तपाइँ विस्तारै छायाँमा पर्न थाल्नुभएपछि यस्तो स्टन्ट प्रयोग गरेको पनि भन्छन् नि ?
चर्चामा आउन पनि कसैले यस्तो गर्ला र ? यसले घरबार, करियर सबै डुबाउँछ नि । झन् घाटा पो हुन्छ ।
फरक प्रसंग, तपाइँले 'चपली हाइट' हेरेपछि नायिका बिनिता बराललाई अबकी हट नायिका भन्नुभएको थियो । अब आफ्नो दिन गए भनेरै यस्तो भन्नुभएको हो ?
मैले उसको अभिनय क्षमता देखेर त्यसो भनेकी हुँ । नेपाली समाजमा त्यस्तो सिन दिनु चानचुने कुरा होइन । बिनिताको अभिनयमा आत्माविश्वास देखें ।आफू पछाडि परें भन्ने कुरा नै आउँदैन ।
छोटा स्कर्ट लाउँदा तपाइँलाई हट नायिका भन्थे । अहिले त निकै ग्ल्यामरस सिन हुन्छ । यसको जस त तपाइँलाई पनि जाला नि ?
मैले त न्यूरोडमा हिंड्ने केटीले जे लाउँथी फिल्ममा त्यही लगाएँ । त्यति गर्दा पनि मेरो आलोचना फिल्म क्षेत्रबाटै भयो । आलोचना गर्नेहरु पछि किस सिन दिन समेत राजी भए । मैले त त्यस्तो गरेको छैन नि । ग्ल्यामरसको रुपमा मैले क्रान्ति नै गरें त्यतिबेला ।
तर अहिले यौनजन्य दृश्यलाई फोकस गरेर फिल्म बनाउन थालिएको छ । भल्गरिटीको खहरे आएको छ, फिल्ममा । ग्ल्यामरसको नाममा यौन बिकाउन खोजिंदैछ । यसले नेपाली फिल्मको मौलिकपनलाई धक्का दिनसक्छ । तर वर्षमा एकदुईपटक आउने खहरेदेखि डराइहाल्नुपर्ने अवस्था छैन ।
आफू पाखा लाग्ने डरले यसो भन्नुभएको त होइन ?
म त ५० वर्षकी उमेरसम्म यस्तै राम्री देखिन्छु ।
तपाइँले बारम्बार सेक्सलाई साधना भन्नुभएको छ । खासमा के भन्न खोज्नुभएको ?
सेक्स साधना नै हो । दालभात खाएजस्तो जतिबेला पायो त्यतिबेला हुँदैन । बन्द कोठामा स्वच्छ मनले गरिने काम भएकोले यसलाई मैले एकप्रकारको साधना भनेकी हुँ । त्यही साधना भएकोले सेक्स बन्द कोठामै ठीक छ फिल्ममा होइन भनेकी । देखाउने चीज होइन ।
नेपाली समाजले पनि यसै भनेर यौनलाई दबाएकोले समाजमा यौनकुण्ठा छ भन्छन् नि ?
यसको बारेमा ज्ञान लिने, दिने कुरा गर्नु ठीकै होला । तर प्रदर्शनी गर्ने चीज होइन ।
आफूलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
म एकदमै साधारण र ज्ञानी केटी । म कहिल्यै पनि यो मीठो भएन, यस्तो पुगेन भनेर घरमा किचकिच गर्दिन । जे पाकेको छ त्यही खाइदिन्छु । त्यही भएर म ज्ञानी छु जस्तो लाग्छ, आफूलाई । साधारण किनभने म फिल्ममा बाहेक मेकअप गर्दिन । बाहिर जानुपर्यो भने पाँच मिनेटमै तयार हुन्छु ।
तर अरुले त छुच्ची भन्छन् नि ?
म मनमा कुरा राखिराख्न सक्दिन । चित्त बुझेन भने ठाउँको ठाउँ भन्छु । त्यो व्यक्ति पनि तत्काल झनक्क रिसाउँछ । तर पछि उसले रेखाले ठीकै भनेकी रहिछ भन्ने रिअलाइज गर्छ । म आत्माले जे भन्छ त्यही गर्छु । भोलि के होला, कसले के भन्ला भन्ने डर लाग्दैन ।
रेखा थापा आफूलाई कसरी अग्रस्थानमै रहने भन्नेमा निकै खप्पिस छिन् होइन ?
यस्तो पतरपतर बोल्ने मान्छे कहाँ यस्तो कुरामा खप्पिस हुनु । कालोलाई सेतो भन्न सक्तिन । सत्यता र इमानदारिताको जीत हुन्छ भनेको यही होला सायद ।
-
5
More Interview





- Go to National News Go to Sports News Go to International News
KATWOOD
-
अष्ट्रेलियाबाट कर्कशले १५ लाख आम्दानी गर्ने काठमाण्डौ जेठ । अहिले चर्चामा रहेको फिल्म मध्ये “कर्कश” पहिलो स्थानमा पर्ने कुरालाई नकार्न सकिँदैन । फिल्म निर्माण टिम देखि कलाकार र पब्लिसिटी सामग्रीले फिल्मको उचाई बढाइर.. READ MORE -
मनिषा भइन् क्यान्सरमुक्त काठमाण्डौ जेठ । क्यान्सरले थलिएकी अभिनेतृ मनिषा कोइराला अहिले रोगमुक्त भएकी छन् । ४२ बर्षीया अभिनेतृ कोइरालाको गत बर्ष पाठेघरको क्यान्सर लागेको पहिचान भएपछि भारत र अमेरिकामा उपचार हुँदै आएक.. READ MORE - VIEW ALL
Today's Programs
Click for More-
On Air
-
Up Next
Recent News
- राप्रपा–राजपाको एकता सम्मेलन आज
- आज मदन आश्रित स्मृति दिवस
- टर्कीमा भएको बम विस्फोटका ४ दोषी पक्राउ
- आँधीको त्रासमा लाखौं मानिसले बसाइँ सरे
- युरोपियन क्लव फुटबलको युरोप लिगको उपाधि चेल्सीलाई
- आइपिएल क्रिकेट
- चारदलीय सिण्डिकेटका कारण मुलुक संकटमा– थापा
- अष्ट्रेलियाबाट कर्कशले १५ लाख आम्दानी गर्ने
- मनिषा भइन् क्यान्सरमुक्त
- रामकृष्ण म्युजिक भिडियो युरोपमा छायाङ्कन
View All News
Interviews
Opinion Poll
Today's Weather Forecast
| Today | Tomorrow | |||||
| Place | Min | Max | Min | Max | ||
| Kathmandu | 17°C | 28°C | 18°C | 29°C | ||
| Pokhara | 16°C | 23°C | 17°C | 25°C | ||
| Biratnagar | 28°C | 37°C | 28°C | 38°C | ||
| Birganj | 30°C | 42°C | 31°C | 43°C | ||
| Bharatpur | 23°C | 40°C | 24°C | 40°C | ||
| Mahendranagar | 26°C | 44°C | 25°C | 45°C | ||
| Nepalganj | 27°C | 44°C | 27°C | 45°C | ||
| Butwal | 32°C | 41°C | 32°C | 43°C | ||
| Dhangadhi | 28°C | 45°C | 27°C | 45°C | ||
| Tikapur | 27°C | 44°C | 27°C | 45°C | ||
| Source: World Weather Online | ||||||
Bullion
| Currency | Unit | Buying | Selling |
| U.S. dollar | 1 | 87.50 | 88.10 |
| European euro | 1 | 112.36 | 113.13 |
| UK pound sterling | 1 | 132.72 | 133.63 |
| Swiss franc | 1 | 89.98 | 90.60 |
| Australian dollar | 1 | 85.12 | 85.70 |
| Canadian dollar | 1 | 85.09 | 85.67 |
| Singapore dollar | 1 | 69.50 | 69.98 |
| Japanese yen | 10 | 8.48 | 8.54 |
| Chinese renminbi (Yuan) | 1 | 14.25 | 14.35 |
| Saudi Arabian riyal | 1 | 23.33 | 23.49 |
| Qatari riyal | 1 | 24.03 | 24.20 |
| Thai baht | 1 | 2.93 | 2.95 |
| UAE Dirham | 1 | 23.82 | 23.99 |
| Malaysian ringgit | 1 | 28.95 | 29.15 |
| South Korean Won | 100 | 7.82 | 7.88 |
| * Exchange rates fixed by Nepal Rastra Bank | |||










