मेष (चू चे चो ला ली लु ले लो अ)
सुरुमा केही आलस्य र कमजोरीले सताउला । तापनि आफ्नै प्रयत्नले प्रतिस्पर्धी विस्थापित होलान् । शत्रुता भने बढ्ने समय छ । प्रशस्त धन लाभ हुनेछ । प्रेमको बन्धन कसिनेछ । रमाइलो यात्रा र मनोरञ्जनमा सहभागी भइएला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । बिहीबारपछि भने झमेला, विवाद र चोटपटकको योग छ, सचेत रहनुहोस् । आर्थिक अभाव खट्कने देखिन्छ । तापनि, सप्ताहान्त बिस्तारै फलदायी र अनुकूल बन्दै जानेछ ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
सुरुमा अप्रिय समाचारले दुःखी तुल्याउला । स्वास्थ्य कमजोर बन्नेछ । पठनपाठनमा मन नलाग्ने समय छ । व्यावसायिक काममा केही झमेला र चुनौती सामना गर्नुपर्ला । शत्रुबाधा समेत आइलाग्ने सम्भावना छ । मंगलबारदेखि स्थितिमा सुधार आउला । अप्ठ्यारा चुनौतीहरूलाई पनि पन्छाउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यवसायमूलक भ्रमण सम्भावना छ । विशेष भेटघाट र आतिथ्यपूर्ण सम्मान पाइएला । सप्ताहान्तमा पुनः अस्वस्थता, हानि र चोटपटकको योग छ, सचेत रहनुहोला ।
मिथुन (का कि कु घ ङ छ के को हा)
सुरुमा नजिकका व्यक्तिबाटै काममा धोका हुन सक्छ । निर्णय गलत ठाउमा पर्नाले फाइदा अरूलाई हुनेछ । पेटको खराबीले अलि सताउला । अस्वस्थता र कमजोरी अनुभव हुनेछ । पढाइलेखाइमा मन नलाग्ने समय छ । गुरुजनको सहयोग लिने प्रयास गर्दा फाइदा होला । मंगलबारदेखि स्थितिमा सुधार आउला । प्रतिस्पर्धीहरू पराजित होलान् । आर्थिक पक्ष पनि सबल बन्नेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । सप्ताहान्तमा रमाइलो यात्राको योग छ । व्यापारमा फाइदा होला । आतिथ्यपूर्ण सम्मान पनि पाइएला ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
सुरुमा सहयोगीहरूले साथ दिनेछन् । सोचेजस्तै सफलता मिल्नेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । मंगलबार र बुधबार भने अलि प्रतिकूल रहलान् । महत्वाकांक्षी योजना सार्वजनिक गर्दा हानि हुने सम्भावना छ । निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अरूलाई हुनेछ । तापनि निराश नहुनुहोस्, बिहीबारदेखि रोकिएका काम बन्नेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । व्यवसायबाट प्रशस्त लाभ होला । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । चुनौती स्वतः हट्नेछन् ।
सिंह (ही हु हे हो डा डि डु डे डो)
सुरुमा अनावश्यक विवादमा परिने योग छ । मानसम्मानमा आघात पर्न सक्छ । आम्दानी घट्ने दखिन्छ । मंगलबारदेखि स्थितिमा सुधार आउला । रोकिएका काम बन्नेछन् । व्यवसायबाट राम्रै फाइदा उठाउन सकिनेछ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ । प्रतिस्पर्धीहरूले हार खालान् । बिहीबारपछि पुनः समय प्रतिकूल रहला । अरूको भरपर्दा हानि हुने र विश्वास गुम्ने सम्भावना छ, सचेत रहनुहोला । सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ । कामका चुनौतीहरू पनि हट्नेछन् ।
कन्या (ही हु हे हो डा डि डु डे डो)
आफन्तजनसँग भेटघाट होला । कामको सफलताले प्रसन्नता मिल्नेछ । विभिन्न उपहार समेत पाइएला । मंगलबार र बुधबार विवादमा परिने, आर्थिक अभावले सताउने र खर्च बढ्ने समस्या देखिन्छ । तापनि तपाईंको विचारलाई धेरैले मन पराउनेछन् । बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । सहयोगीहरूबाट साथ पाइनेछ । कर्मयोगमा अभिवृद्धि हुनेछ । पराक्रम बढेर जाला । प्रेम र मित्रताको गाँठो कसिने बेला छ । आम्दानी बढ्नेछ । सप्ताहान्तमा अन्याय र धोकामा परिने सम्भावना छ, सचेत रहनुहोला ।
तुला (ही हु हे हो डा डि डु डे डो)
सुरुमा काममा बाधा र खर्च बढ्ने ग्रहयोग छ । स्थानान्तरण सम्भावना छ । यात्रामा अलि कष्ट होला । मंगलबारदेखि आफन्तजन भेटिएलान् । शरीरमा आरोग्य एवं स्फूर्ति बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्ला । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होलान् । बोलीको प्रभावले महत्वपूर्ण काम बन्न सक्छ । आर्थिक पक्ष समुन्नत बन्नेछ । मानसम्मान पाइनेछ । सहयोगीको साथ पाइनेछ । आतिथ्यपूर्ण सम्मान पनि पाइएला । काममा उत्साह थपिनेछ । प्रेम र मित्रताको गाँठो पनि कसिएला ।
वृश्चिक (ही हु हे हो डा डि डु डे डो)
सुरुमा राम्रो आम्दानी हातपर्ला । काममा उत्साह बढ्नेछ । व्यावसायिक काममा लाभ होला । श्रमको उचित मूल्यांकन हुनेछ । मंगलबार र बुधबार भने आकस्मिक खर्च बढ्नेछ । वैदेशिक रोजगारी र यात्राका लागि भने समय अनुकूल रहला । टाढाको तर कष्टसाध्य यात्रा सम्भावित छ । बिहीबारदेखि स्थिति अनुकूल बन्नेछ । आरोग्य एवं स्पूmर्ति बढ्नेछ । भेटघाटले प्रसन्नता मिल्नेछ । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होला । नयाँ काम पाइएला । सम्मान पनि पाइनेछ । तपाईंको विचार सर्वमान्य हुनेछ ।
धनु (ही हु हे हो डा डि डु डे डो)
व्यवसायको सिलसिलामा भ्रमण गर्ने योग छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । नयाँ काम गर्ने मौका आउला । राजनीतिक वा सामाजिक प्रभाव बढ्नेछ । रोकिएका कामहरू बन्नेछन् । मान बढ्नेछ, गरेका कामबाट प्रशंसा पाइएला । प्रशस्त आम्दानी हुनेछ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । पुराना साथीभाइसँग भेटघाट गर्ने मौका छ । बिहीबारपछि भने खर्च बढ्ने र काम रोकिने सम्भावना छ । आर्थिक अभावले सताउन सक्छ । तापनि, सप्ताहान्तमा पुनः समय अनुकूल बन्ने देखिन्छ ।
मकर (ही हु हे हो डा डि डु डे डो)
सुरुमा केही अस्वस्थता र कमजोरी महसुस होला । समयमा काम सम्पादन गर्न सकिने छैन । अरूका काममा महत्वपूर्ण समय बित्नेछ । तापनि प्रयत्न गर्दा जिम्मेवारी मिल्ने समय छ । सेवा तथा परोपकारजन्य काममा मन जाला । मंगलबारदेखि राजनीति वा नोकरीमा लाग्नेहरूलाई फाइदाको समय छ । राम्रै लाभ मिल्नेछ । विद्यामा प्रगति हुनेछ । अरूको मन जित्न सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रतिनिधिमूलक यात्रा सम्भावना छ । साताको अन्त्यमा खर्च र केही नोक्सानीको योग छ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
सुरुमा कामको बोझ र जिम्मेवारी थपिएलान् । केही समस्या आउलान् । चोटपटक लाग्ने वा अस्वस्थताको योग छ । धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ । मंगलबारदेखि समय अनुकूल बन्नेछ । मान बढ्ने र सामाजिक प्रतिष्ठा मिल्ने समय छ । गरेका कामको प्रशंसा हुनेछ । कीर्ति राख्ने समय छ । रमाइलो भ्रमण सम्भावना छ । नयाँ काम गर्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । आयआर्जनमा सुधार आउनेछ । अरूको मन जित्न सफल भइनेछ । कर्मसिद्धिको समय छ ।
मीन (ही हु हे हो डा डि डु डे डो)
सुरुमा मनोरञ्जनपूर्ण जमघट, क्रियाकलाप आदिमा सहभागी भइएला । समय रमाइलो रहला । मित्रता र प्रेमको बन्धन कसिने बेला छ । मंगलबार र बुधबार भने अलि प्रतिकूल रहलान् । चोटपटक लाग्ने र अस्वस्थ भइने सम्भावना देखिन्छ । सानातिना समस्यामै अल्झिनुपर्ला । मन भएर पनि धार्मिक गतिविधिबाट वञ्चित हुनुपर्ला । बिहीबारपछि स्थितिमा सुधार आउनेछ । सामाजिक र सेवामूलक काम गरिनेछ । आम्दानी पनि प्रशस्तै बढ्नेछ । नोकरीमा विशेष लाभ र राजनीतिक प्रभाव बढ्ने देखिन्छ ।