चिया उत्पादनको सिजन सुरु भएसँगै नेपालको चिया खरिद गर्न विदेशी नेपाल भित्रिन थालेका छन्। गुणस्तरीय चिया छनौट र खरिदका लागि उनीहरू इलाम पुगेको कारोबार अनलाइनले लेखेको छ। चियाको राजधानी मानिएको इलाममा हाल विभिन्न देशका नागरिकहरू (चिया व्यापारी) इलाम आएका छन्।
चिनियाँ राजदूत यु होङसँगै लामाबगर पुग्नु भएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ बनाएरै भए पनि लामाबगरबाट चीनसँगको नाका जोड्ने प्रतिबद्धता जनाउनु भएको छ। राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्यूत् आयोजनाको स्थलगत निरीक्षणका क्रममा लामाबगर पुग्नु भएका प्रधानमन्त्री ओलीले ६-७ किलोमिटर सडक निर्माण गरेरै भए पनि नाका जोडिने बताउनु भएको कारोबार अनलाइनले लेखेको छ।
पुष्प अर्थात् फूल व्यवसायको विकास र विस्तारमा टेवा पुर्याउने उद्देश्यले यही चैत ३० देखि आगामी वैशाख ३ गतेसम्म नेपालको राजधानी काठमाडौँमा पुष्प प्रदर्शनी मेला हुने भएको छ। ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा पुष्प मेला आयोजना गर्न लागिएको नेपाल खबर अनलाइनले लेखेको छ।
हिलो शाङ्गहाई सहयोग संगठन जन मञ्च अप्रिल नौ तारिख चीनको पल्लो शान सी प्रान्तको सिआन शहरमा शुरु भएको छ। आमन्त्रित भई मञ्चमा सहभागी हुनुभएका नेपालका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सीआरआईलाई अन्तर्वार्ता दिँदै शाङ्गहाई सहयोग संगठन होस् वा बेल्ट एण्ड रोड सबै साझा जित हुने चौतारो भएकाले विभिन्न पक्षहरूले कठिनाईलाई मेटाएर अघि बढ्नुका साथै अझ बढी सहकार्य गर्नुपर्ने कुरा औँल्याउनुभएको छ।
पहिलो शाङ्गहाई सहयोग संगठन जन मञ्च नौ तारिखदेखि दश तारिखसम्म चीनको पल्लो शान सी प्रान्तको सिआनमा आयोजना गरिएको छ। उक्त मञ्चले पहिलो शाङ्गहाई सहयोग संगठन जन मञ्च सिआन घोषणा-पत्र पारित गरेको छ।
व्यवसायीक रेडियोहरुको छाता संगठन ब्रोडकाष्टीङ एशोसिएसन अफ नेपाल (बान)को महाधिवेशनले चन्द्र प्रसाद न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।
चितवन, ११ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नारायणगढ–मुग्लिन सडक विस्तारको काम वर्षात्अघि नै सम्पन्न हुने बताउनुभएको छ । सो सडकको आज अनुगमनपछि यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले जेठ १६ गते भित्र सडकको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण हुने बताउनुभयो ।
पोखरा, १२ चैत । मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवं साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट प्राज्ञ सरुभक्तलाई सम्मान गरिने भएको छ ।
रसुवा, १२ चैत । रामसार क्षेत्रमा सूचीकृत पवित्र तीर्थ गोसाइँकुण्डमा ड्रोन क्यामेरा लान निषेध गरिएको छ । माउण्ड एडभेञ्चर होलिडेजमार्फत गोसाइँकुण्ड जान लागेका एक अमेरिकी पर्यटकले आफ्नो साथमा ल्याएको ड्रोन क्यामेरा लाङटाङ राष्ट्रिय निकुञ्जको धुञ्चेस्थित सुरक्षा जाँच चौकीले आइतबार रोकेको पथ प्रदर्शक पासाङ शेर्पाले बताउनुभयो ।
तनहुँको शुक्लागण्डकी न.पा.-१२, लामागाँउमा रहेको जनप्रेमी माध्यमिक विद्यालयले ६७ औं बार्षिकोत्सब तथा अभिभावक दिवस समारोह मनाएको छ l
Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd