अधिकृतसरह भत्ता माग्दै विद्यार्थीद्वारा कृषि विश्वविद्यालयमा तालाबन्दी

अधिकृतसरह भत्ता माग्दै विद्यार्थीद्वारा कृषि विश्वविद्यालयमा तालाबन्दी

चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञानमा इन्टर्नसीप भत्ता वृद्धिको माग गर्दै विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । भेटेरीनरी नवौं समेष्टरमा अध्ययन गर्ने विद्यार्थीहरुले   विश्वविद्यालयमा ताला बन्दी गरेका हुन् ।

सुरुग निर्माणमा अझै २ महिना - मेलम्ची खानेपानी

सुरुग निर्माणमा अझै २ महिना - मेलम्ची खानेपानी

मेलम्ची खानेपानी आयोजनाको सुरुग निर्माणमा अझै २ महिना लाग्ने आयोजनाले जनाएको छ । खानेपानीका लागि खनिनु पर्ने २७ दशमलभ ५८ किलोमिटर मध्ये अब चार सय ४३ मिटर खन्न बाकीँ रहेको छ ।  

४२ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाईंदै

४२ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाईंदै

४२ औँ राष्ट्रिय मेलमिलाप दिवस आज मुलुक भर मनाईदै छ । विपी कोइरालासहित नेपाली कांग्रेसका नेताहरु मेलमिलापको नीति लिई  भारतबाट स्वदेश फर्किएको ४१ वर्ष पूरा भएको अबसरमा आज मेलमिलाप दिवस मनाउन थालिएको हो ।

एकल पर्वतारोहीलाई सगरमाथा चढ्न प्रतिबन्ध

एकल पर्वतारोहीलाई सगरमाथा चढ्न प्रतिबन्ध

नेपालका हिमालमा एकल आरोही र शारिरीक रुपमा अशक्त व्यक्तिले हिमाल आरोहण गर्न नपाउने भएका छन् । विक्रम सम्वत २०७४ संशोधित पर्वतारोहण नियमावली अनुसार एकल आरोही र शारिरीक रुपमा अशक्त व्यक्तिले हिमाल आरोहण गर्न नपाउने भएका हुन् ।

राजपा र फोरमको छिट्टै एकता हुन्छ : यादव

राजपा र फोरमको छिट्टै एकता हुन्छ : यादव

राष्ट्रिय जनता पार्टी राजपाले संघीय समाजवादी फोरमसँग चाँडै एकता हुने बताएको छ ।  राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले फोरमसँगको एकता प्रक्रिया केही दिनमै शुरु गर्ने बताउनुभएको हो ।

हात्ती महोत्सव सम्पन्न

हात्ती महोत्सव सम्पन्न

चितवन, १६ पुस । चितवनको रत्ननगरस्थित सौराहामा भएको पाँचदिने चितवन हात्ती महोत्सव सम्पन्न भएको छ ।  यही पुस ११ गतेदेखि शुरु भएको १४ औँ चितवन हात्ती महोत्सव शनिबार सम्पन्न भएको हो । 

नम्बर प्लेटमा प्रदेशको नम्बर र नेपालको झण्डा

नम्बर प्लेटमा प्रदेशको नम्बर र नेपालको झण्डा

यातायात व्यवस्था विभागले देवनागरी लिपीबिनै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जारी गर्ने प्रक्रिया अघि बढाएको छ । नम्बर प्लेटमा प्रदेशको नाम नम्बर भने खुलाउने विभागले जनाएको छ । विभागले गत भदौ ५ गतेबाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न शुरु गरेको हो ।

प्रदेशसभा समानुपातिकतर्फको सांसदहरुको सूची बुझाउने आज अन्तिम दिन

प्रदेशसभा समानुपातिकतर्फको सांसदहरुको सूची बुझाउने आज अन्तिम दिन

प्रदेशसभातर्फको समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन भएकाले राजनीतिक दलहरु सांसद चयन गर्ने तयारीमा जुटेका छन् । निर्वाचन आयोगले आज कार्यालय समयभित्र दलहरुले प्रदेशसभामा पाएको सिट संख्याअनुसार समानुपातिक सांसदको सूची बुझाइसक्नुपर्ने समय तोकेको छ ।

नयाँ सरकार गठनमा देउवा बाधक : माधव नेपाल

नयाँ सरकार गठनमा देउवा बाधक : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनमा अवरोध गरिरहेको आरोप लगाउनु भएको छ ।

 नेकपा माओवादी केन्द्रभित्र आठौं अधिवशेनको माग

नेकपा माओवादी केन्द्रभित्र आठौं अधिवशेनको माग

निर्वाचनअघिबाटै एमालेसँग पार्टी एकिकरणको चर्चाका बीच नेकपा माओवादी केन्द्र भित्र भने एउटा समुहले आठौं अधिवशेनको माग बलियो बनाएको छ । अधिवेशन माग गर्दै माओवादी भित्र आठौं महाधिवेशन समुह निर्माण भएको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd