द प्यालेष्टाइन लिबरेसन अर्गनाइजेसन कार्यकारी समितिका सचिव साएब एरेकातले २१ तारिख प्यालेष्टाइनले सुरक्षा परिषदलाई अन्तर्राष्ट्रिय सुरक्षा प्रदान गर्न अनुरोध गरेको बताउनुभएको छ।
अमेरिकी अर्थमन्त्री स्टेभेन टर्नर नुचिनले चीनको भ्रमण गर्ने इच्छा प्रकट गरेकोबारेमा चीनले आफ्नो प्रतिक्रिया दिएको छ। यसबारेमा केही पत्रकारले जिज्ञासा राखेपछि चीनका वाणिज्य मन्त्रलायका प्रवक्ताले अमेरिकी अर्थमन्त्रीको चीन भ्रमणको स्वागत गर्ने बताए।
विश्व व्यापार संगठनका महानिर्देशक रोबेर्टो जेदोदे २१ तारिख एउटा लिखित वक्तव्य सार्वजनिक गर्दै हाल व्यापारको तनावपूर्ण परिस्थिति शान्त पार्नका लागि विभिन्न अर्थव्यवस्थाले विश्व व्यापार संगठनमार्फत विश्व सहयोगलाई सबल पार्नुपर्ने बताउनुभएको छ।
रुसी विदेश मन्त्रालयले उत्तर कोरियाले आणविक परीक्षण तथा अन्तरमहाद्विपीय व्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण स्थगित गर्ने निर्णयको स्वागत गरेको छ। विदेश मन्त्रालयले यो निर्णयबाट कोरियाली प्रायद्वीपको परिस्थितिमा सुधार ल्याउने अपेक्षा गरेको छ।
उत्तर कोरियाली केन्द्रिय समाचार समितिका अनुसार बीस तारिख उत्तर कोरियाली श्रमिक पार्टीको सातौं केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकले यही अप्रिल २१ तारिखदेखि आणविक परीक्षण तथा अन्तरमहाद्विपीय व्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण स्थगित गर्ने घोषणा गरेको छ।
उत्तर कोरियाले आणविक परीक्षणहरू स्थगित गरी आर्थिक विकासको गतिविधिलाई अगाडि बढाउने घोषणा गरेकोमा चीनले स्वागत गरेको छ। चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले उत्तर कोरियाको यो निर्णयको स्वागत गर्नुभयो।
अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत एशिया प्रशान्त विभागका प्रमुख ह्री छाङ-योङले केही मुलुकले "भित्र हेर्ने" नीति लिएको बताउँदै व्यापारिक संघर्षबाट समग्र एशिया प्रशान्तको आर्थिक स्थितिमा क्षति पुग्नसक्ने चेतावनी दिनुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल बीस तारिख बोल्दै उत्तर कोरियाले आणविक परीक्षणहरु स्थगित गर्ने निर्णय लिनु ठूलो प्रगति भएको बताउनुभएको छ।
चिनियाँ राष्ट्रिय इन्टरनेट सुरक्षा तथा सूचना कार्य सम्मेलन बीस तारिखदेखि एक्काईस तारिखसम्म पैचिङमा आयोजित भयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष, केन्द्रिय इन्टरनेट सुरक्षा तथा सूचना समितिका अध्यक्ष सी चिन फिङ यस पटकको सम्मेलनमा सहभागी हुनुका साथै महत्वपूर्ण सम्बोधन गर्नुभयो।
अप्रिल अठार तारिख चीनको क्वाङ्ग सी लौं शङ्ग अल्पसंख्यक जातीय जिल्लाको याउ जातीको गाउँमा वार्षिक 'लामो कपाल महोत्सव'को आयोजना गरिएको छ।
Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd