कम्युनिष्ट पार्टीका पाँच नेता पक्राउ

कम्युनिष्ट पार्टीका पाँच नेता पक्राउ

बैतडीमा विल्पव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँचजना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेकपाका कार्यकर्ताले चुनाव विरोधी गतिविधि गर्न सक्ने भन्दै उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो ।

बम आक्रमण लोकतन्त्र विरोधीको हमला : रामचन्द्र पौडेल

बम आक्रमण लोकतन्त्र विरोधीको हमला : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफूमाथि रहस्यमय तरिकाले बम प्रहार भएको बताउनुभएको छ । तनहुँको दमौलीमा हिजो आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले आफुमाथी रहस्मय तरिकाले सांघातिक आक्रमण भएको बताउनुभएको हो ।

माओबादी अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको निधन

माओबादी अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको निधन

प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।

अपाङ्ग, ज्येष्ठ नागरिक र महिलाको आशाको केन्द्र बस्नेत र थापा

अपाङ्ग, ज्येष्ठ नागरिक र महिलाको आशाको केन्द्र बस्नेत र थापा

भक्तपुर, २ मंसिर । सूर्यविनायक नगरपालिका कटुञ्जेका अपाङ्ग र ज्येष्ठ नागरिकले भाट माग्न आएका उम्मेदवारसंग सहज रुपमा बाच्न सक्ने व्यबस्था गरिदिन माग गरेका छन् । 

ओखलढुंगामा बम विस्फोट

ओखलढुंगामा बम विस्फोट

आज पनि वाम गठबन्धन र नेपाली काँग्रेसको बस तथा जीवलाई लक्षित गरी ओखलढुगांमा बम विस्फोट भएको छ । चुनावी प्रचारमा हिडेका कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विस्फोट भएको हो । सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिनुभयो ।

निर्वाचनको मिति नजिकिदै जादा दलहरुको प्रचार पनि तीव्र

निर्वाचनको मिति नजिकिदै जादा दलहरुको प्रचार पनि तीव्र

दलहरुले पहिलो र  दोस्रो चरणको निर्वाचनका लागि दलहरुले प्रचार प्रशार अभियानलाई तिब्र बनाएका छन्  । पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मतदानका लागि ८ दिनमात्र वाँकी रहदा दलहरुले प्रचार प्रसारलाई व्याापकता दिएका छन् भने बाँकि जिल्लाहरुमा पनि दलहरुको घरदैलो जारी छ ।  

घर्ती र महतमाथि भएको आक्रमण निन्दनीय : माधव नेपाल

घर्ती र महतमाथि भएको आक्रमण निन्दनीय : माधव नेपाल

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले देशका विभिन्न ठाउँमा उम्मेदवारमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्नुभएको छ । पूर्वसभामुख ओनसरी घर्तीलाई रोल्पा र नेपाली काँग्रेसका नेता डा रामशरण महतमाथि नुवाकोटमा आज बम आक्रमण भएकामा नेता नेपालले घटनाको निन्दा गर्नुभएको हो । 

भक्तपुर २ मा बाम गठबन्धनलाई भव्य स्वागत

भक्तपुर २ मा बाम गठबन्धनलाई भव्य स्वागत

भक्तपुर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुलाई घरदैलो कार्यक्रममा सहभागी हुन भ्याइ नभ्याइ छ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बाम गठबन्धमा साझा उम्मेदवार महेश बस्नेतलाई पनि अहिले जनताको घरदैलोमा पुगेर मत माग्न चटारो नै छ । 

कांग्रेस नेतृत्वको सरकार काम चलाउ मात्र : ओली 

कांग्रेस नेतृत्वको सरकार काम चलाउ मात्र : ओली 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको सरकार काम चलाउ मात्र भएको टिप्पणी गर्नुभएको छ । लमजुङको बेंसीसहरमा हिजो आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव गराउन मात्र सरकार बनेकाले निर्णय गर्ने अधिकार नभएको उल्लेख गर्नुभयो ।

ओली र दाहालले आज बागलुङ र स्याङ्जामा सम्बोधन गर्ने

ओली र दाहालले आज बागलुङ र स्याङ्जामा सम्बोधन गर्ने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको व्यापक प्रंचारप्रशारमा रहेका बाम गठबन्धनका शिर्श नेताहरुले आज बागलुङ र स्याङ्जामा हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन् । दुबै सभालाई नेकपा एमाले अध्यक्ष केपी ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा सम्बोधन गर्नै कार्यक्रम तय भएको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd