देशैभर मतगणना जारि,  बाम गठबन्धनको अग्रता कायमै

देशैभर मतगणना जारि, बाम गठबन्धनको अग्रता कायमै

देश र प्रतिनिधि सभा सदस्यको पहिलो र दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । मतगणना जारी रहदाँ बाम गठबन्धनले  व्यापक अग्रता कायम राखेको छ । प्रतिनिधिसभा तर्फ बाम गठबन्धन अन्र्तगत नेकपा एमालेले ४९ स्थानमा विजयी हासील गर्दा २९ स्थानमा अग्रता समेत लिएको छ ।

नुवाकोट १ ‘ख’मा एमालेका बद्री मैनाली २०५०९ मतसहित विजयी

नुवाकोट १ ‘ख’मा एमालेका बद्री मैनाली २०५०९ मतसहित विजयी

नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं. १ प्रदेश प्रदेश ख मा नेकपा एमालेका बद्री मैनाली विजयी भएका छन् । मैनालीले २० हजार पाँच सय ९ मत ल्याई प्रदेशमा विजयी भएका हुन् ।

नुवाकोट १ ‘क’मा माओवादीकी राधिका तमाङ १८१३७ मतसहित विजयी

नुवाकोट १ ‘क’मा माओवादीकी राधिका तमाङ १८१३७ मतसहित विजयी

नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश 'क' मा माओवादी केन्द्रकी राधिका तामाङ विजयी भएकी छिन् । उनले १८ हजार एक सय ३७ मत प्राप्त गरी विजयी प्राप्त गरिन् ।

नुवाकोट २ ‘क’मा एमालेका केशव पाण्डे २०००९ मतसहित विजयी

नुवाकोट २ ‘क’मा एमालेका केशव पाण्डे २०००९ मतसहित विजयी

नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं. २ प्रदेश क मा एमालेका केशवराज पाण्डे विजयी भएका छन् । उनले नेपाली कांग्रेसका जगदिश्वरनरसिंह केसीलाई सात हजार भन्दा बढी मतान्तरले पराजित गरेका छन् ।

नुवाकोट २ मा एमालेका नारायण खतिवडा ३६८९२ मतसहित विजयी

नुवाकोट २ मा एमालेका नारायण खतिवडा ३६८९२ मतसहित विजयी

नुवाकोटको एक प्रतिनिधि सभा र चार वटा प्रदेशमा बाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्  । प्रतिनिधिसभा क्षेत्र नं. २ मा एमालेका नारायण खतिवडा, सोही क्षेत्रको प्रदेश क मा एमालेका केशव पाण्डे, प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश क मा माओवादी केन्द्रका राधिका तामाङ र सोही क्षेत्रको प्रदेश ख मा

सिन्धुपाल्चोकमा बस्नेतलाई १० हजार मतान्तरले हराउँदै अग्नी सापकोटाको विजयी

सिन्धुपाल्चोकमा बस्नेतलाई १० हजार मतान्तरले हराउँदै अग्नी सापकोटाको विजयी

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट वामगठबन्धनका उम्मेदवार अग्निप्रसाद सापकोटालेले विजयमा ह्याट्रिक गरेका छन्।

बागलुङ–२ मा माओवादी केन्द्र विजयी

बागलुङ–२ मा माओवादी केन्द्र विजयी

बाग्लुङको प्रतिनिधिसभा क्षेत्र नं २ मा माओवादी केन्द्रका देवेन्द्र पौडेलले विजयी हासिल गरेका छन् । वाम गठबन्धनका पौडेलले २८ हजार ८०७ र उनका निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नीरज पुनले १९ हजार ९०५ मत प्राप्त गरे ।

जुम्ला वाम गठबन्धनको कब्जामा, प्रत्यक्षतर्फका सबै उम्मेदवार विजयी

जुम्ला वाम गठबन्धनको कब्जामा, प्रत्यक्षतर्फका सबै उम्मेदवार विजयी

संघ र प्रदेशसभाको निर्वाचनमा प्रत्येक्षतर्फ जुम्लामा सबै वाम गठबन्धन उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ वाम गठबन्धन माओवादी केन्द्रका उम्मेदवार गजेन्द्रबहादुर महत भारी मतले विजयी भएसँगै जुम्ला वाम गठबन्धनले कब्जामा गरेको हो ।

ताप्लेजुङको सबै क्षेत्रम वाम गठबन्धन विजयी

ताप्लेजुङको सबै क्षेत्रम वाम गठबन्धन विजयी

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङका सबै स्थानमा वाम गठबन्धनले विजय हासिल गरेको छ । प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा एमाले सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर ८ बाट एमालेका जीवनराम श्रेष्ठ निर्वाचित

काठमाडौं क्षेत्र नम्बर ८ बाट एमालेका जीवनराम श्रेष्ठ निर्वाचित

काठमाडौं क्षेत्र नम्बर ८ बाट एमालेका जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । उनले १३ हजार ३९७ मत पाएका छन् भने कांग्रेसका नविन्द्रराज जोशीले १२ हजार ९५३ मत प्राप्त गरी पराजित भए ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd