ताप्लेजुङको सबै क्षेत्रम वाम गठबन्धन विजयी

ताप्लेजुङको सबै क्षेत्रम वाम गठबन्धन विजयी

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङका सबै स्थानमा वाम गठबन्धनले विजय हासिल गरेको छ । प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा एमाले सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर ८ बाट एमालेका जीवनराम श्रेष्ठ निर्वाचित

काठमाडौं क्षेत्र नम्बर ८ बाट एमालेका जीवनराम श्रेष्ठ निर्वाचित

काठमाडौं क्षेत्र नम्बर ८ बाट एमालेका जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । उनले १३ हजार ३९७ मत पाएका छन् भने कांग्रेसका नविन्द्रराज जोशीले १२ हजार ९५३ मत प्राप्त गरी पराजित भए ।

मोरङ ६ मा लालबाबु पण्डितले शेखर कोइरालालाई हराए

मोरङ ६ मा लालबाबु पण्डितले शेखर कोइरालालाई हराए

कोइराला खानदानको मात्रै होइन नेपाली कांग्रेसकै लागि ऐतिहासिक मोरङमा यस निर्वाचनमा कांग्रेसले ठूलो झड्का ब्यहोरेको छ । कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पराजय ब्यहोरेका छन् ।

काठमाडौँ–४ मा काँग्रेसका गगन थापा विजयी

काठमाडौँ–४ मा काँग्रेसका गगन थापा विजयी

काठमाडौँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका नेता गगनकुमार थापा विजयी हुनुभएको छ ।  आज बिहान घोषणा गरिएको मतपरिणामअनुसार पूर्वसांसद थापा नेकपा(एमाले) का पूर्वसांसद डा राजन भट्टराईलाई तीन हजार ४१८ मत अन्तरले पछाडि पार्दै विजयी हुनुभएको हो । 

काठमाडौँको निर्वाचन क्षेत्र १ र ४ मा काँग्रेस, २ र ३ मा एमाले अगाडि

काठमाडौँको निर्वाचन क्षेत्र १ र ४ मा काँग्रेस, २ र ३ मा एमाले अगाडि

काठमाडौँ, २२ मंसिर । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौँका ४ वटा क्षेत्रमध्ये दुई क्षेत्रमा नेपाली काँग्रेस र दुई क्षेत्रमा नेकपा(एमाले) अगाडि रहेको छ । 

सोलुखुम्बुमा पूर्वलडाकु अगाडि, पूर्वमन्त्री पछाडि

सोलुखुम्बुमा पूर्वलडाकु अगाडि, पूर्वमन्त्री पछाडि

प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट पूर्वलडाकु एवं नेकपा (माओवादी केन्द्र) का नेता हेमकुमार राईले बाह्र हजार ३९२ मतसहित अग्रता लिनुभएको छ । 

यी हुन प्रतिनिधिसभातर्फ ६ र प्रदेश सभामा १२ विजयी उम्मेदवारहरु (सूचीसहित)

यी हुन प्रतिनिधिसभातर्फ ६ र प्रदेश सभामा १२ विजयी उम्मेदवारहरु (सूचीसहित)

मंसिर १० गते भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम क्रमश सार्वजनिक हुँदैछ।

मोरङमा माओवादी केन्द्रको अग्रता, महेश आचार्य २ हजार भन्दा बढी मत अन्तरले पछाडी

मोरङमा माओवादी केन्द्रको अग्रता, महेश आचार्य २ हजार भन्दा बढी मत अन्तरले पछाडी

मोरङ क्षेत्रनम्बर ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले अग्रता फराकिलो बनाउँदै लगेका छन् । मोदीले कांग्रेस नेता महेश आचार्यलाई २ हजार भन्दा बढी मत अन्तरले पछि पारेका छन् ।

झापाका ५ वटै क्षेत्रमा वाम गठबन्धन अगाडि (अपडेट)

झापाका ५ वटै क्षेत्रमा वाम गठबन्धन अगाडि (अपडेट)

झापाका ५ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले अग्रता कायम गरेको छ । एमालेले झापा क्षेत्र नं. २, ४ र ५ मा अग्रता कायम गरेको छ भने क्षेत्र नं. १ मा माओवादी केन्द्र र क्षेत्र नं. ३ मा राप्रपाका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

कपिलवस्तु–१ र २ मा वाम गठबन्धन, ३ मा काँग्रेसको अग्रता

कपिलवस्तु–१ र २ मा वाम गठबन्धन, ३ मा काँग्रेसको अग्रता

जिल्लाका तीन प्रतिनिधिसभा क्षेत्रमध्ये १ र २ मा वाम गठबन्धन तथा ३ मा लोकतान्त्रिक गठबन्धनले अग्रता लिएका छन् ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd