काठमाडौं । घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीगणले टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गर्नुभएको थियो ।
केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (इसइई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हअुने यो परीक्षामा नियमित र एक्जाम्टेडको छुट्टाछुट्टै प्रश्नपत्र छापिएको छ ।
मार्च तेह्र तारिख बङ्गलादेशको ढाका शहरका नागरिकले मैनबत्ती बालेर विमान दुर्घटनामा परी मृत्यु भएकाहरूलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्।
तनहुँको शुक्लागण्डकी न.पा.-१२, लामागाँउमा रहेको जनप्रेमी माध्यमिक विद्यालयले ६७ औं बार्षिकोत्सब तथा अभिभावक दिवस समारोह मनाएको छ l
भक्तपुर । भक्तपुरको ऐतिहासिक पाँच तले मन्दिर परिसरमा बिहीबार नेपाल चीन मैत्रीपूर्ण बुद्धिचाल प्रतियोगिता भएको छ । नेपाल चेस संघका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र खाइजूको संयोजनमा भएको प्रतियोगितामा चिनियाँ टोली विजयी भएको छ।
लहान, ११ फागुन । छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।
तनहुँ समाज यु.के ले विपन्न परिवारहरुले अध्ययन गर्ने तनहुँको ग्रामीण भेगमा रहेका केही सरकारी विद्यालयहरुलाई कम्प्युटर, व्हाईट बोर्ड, कम्प्युटर टेबुल र नगद प्रदान गरेको छ ।
रसुवाको वेत्रावतीबाट पानी भर्न मैलुङतर्फ जान लागेको ट्याङ्कर उत्तरगया–५ खाल्टेमा दुर्घटना हुँदा चालक नवराज श्रेष्ठको मृत्यु भएको छ ।
नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांक अनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९ सय ८२ जनाको ज्यान गएको छ ।
रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती आज हस्तान्तरण गरिँदैछ । धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित उक्त बस्ती आज समुदायलाई हस्तान्तरण गर्न लागिएको हो ।
Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd