सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि स्थानीय आधारभूत विद्यालय कनकपटीमा कक्षा १ मा अध्ययनरत सात वर्षीय जीतेन्द्र सदाको कठ्याङ्ग्रिएर ज्यान गएको स्थानीय बासिन्दाले जनाएका छन् । यससँगै सप्तरीमा अहिलेसम्म १८ जनाको चिसोबाट ज्यान गएको छ । तर प्रहरीले भने ६ जनाको मात्र पुष्टि गरेको छ ।
डा गोविन्द केसीलाई अदालतको मानहानी मुद्दा लाग्ने भए आफूहरु सबैलाई मुद्दा लगाउन नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानन्यायाधीसामु चुनौती दिएका छन्। आज विहान माइतीघर मण्डलामा आयोजित डा केसि समर्थन प्रदर्शनमा सम्बोधन गर्दै नेता थापाले चुनौती दिएका हुन्।
क्यापिटल एफ एम ९२.४ मेगाहर्जले आयोजना गरेको Memories-“Frame of Love” फोटो प्रतियोगिताको विजेताहरुको नाम आज सार्वजनिक गरिएको छ । प्रतियोगितामा १,८३९ लाईक प्राप्त गर्दै दिपेन्द्र थापा र इनु थापाको जोडी विजयी हुनुभएको छ ।
बम विस्फोटको घटनाबारे अनुसन्धान गर्न ढिकुरे प्रहरी चौकीबाट प्रहरी नायब निरिक्षक टेक बहादुर पालको नेतृत्वमा टोली घटना स्थल पुगेको छ । विस्फोटको घटनाले जनजीवन त्रसित बनेको छ ।
सरकारले एक वर्षअघि ग्याँस उद्योगलाई न्यूनतम मापदण्ड पुरा गरी गुणस्तर प्रमाण चिन्ह निर्देशन गरेको थियो । नेपाल एलपी ग्याँस उद्योग संघका अनुसार हालसम्म चारवटा ग्याँस उद्योगले गुणस्तर प्रमाण चिन्ह लिइसकेका छन । नेपाल ५३ ग्याँस उद्योग संचालनमा रहेका छन ।
मृत्यु हुने बालबालिकामा एक महिनाका २ जना, ८ दिनका २ जना र ४ वर्षको १ जना छन् । जिल्ला सदरमुकाम खलंगाबाट झण्डै दुई दिन पैदल दुरीमा पर्ने जुनीचाँदेमा मौषम परिवर्तनसँगै अत्यधिक चिसो बढेको कारण भाइरल प्रकोप फैलिएको ईञ्चार्ज सिंहको भनाइ रहेको छ ।
दोषीलाई पक्राउ नगर्दासम्म शव नबुझ्ने भन्दै पौडेलको शव समेत आफन्तले लुम्बिनी अञ्चल अस्पताल बुटवलमै छोडेका छन् । हत्यामा संलग्नलाई पक्राउ नगर्दासम्म बन्द जारी राख्ने अनेरास्ववीयु रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेले बताउनुभयो । व्यवसायी पौडेलको शुक्रबार बिहाने देवदह २ ढेकाबारमा आफ्नै फर्निचर उद्योगमा
काठमाडौं । पूर्वसांसद डा. बाबुराम पोखरेलको निधन भएको छ । आइतबार बिहान ६ बजे हृदयघात भएपछि उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पाल पुर्याएलगत्तै चिकित्सकले मृत घोषण गरेको प्याब्सन वरिष्ठ उपाध्यक्ष डीके ढुंगानाले जानकारी दिए ।
काठमाडौंको तापक्रम झन् झन् घट्दै गएको छ । आज बिहानको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्ष कै कम भएको मौसमविद्ले बताएका छन् । यसअघि शुक्रबार एक दशमलव ५ डिग्री मापन गरिएको काठमाडौंको शनिबारको न्यूनतम तापक्रम एक दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो ।
ललितपुर, २२ पुस । समावेशी सञ्चार र मातृभाषा पत्रकारिता प्रवद्र्धनको उद्देश्य लिएर आयोजित पहिलो ‘मिडिया फेस्टिबल ११३८’ पाटन दरबार क्षेत्रको भण्डारखाल बगैँचामा आज सम्पन्न भयो ।
Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd