प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार चीनको भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार चीनको भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार चीनको भ्रमणमा जाँदै हुनुहुन्छ । उच्चस्तरिय भेटवार्ता र दुवै देशको थप सम्बन्ध विस्तार गर्न उहाँको भ्रमण हुन लागेको हो । 

तराई द्रुतमार्ग (एक्सप्रेस वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि ६ कम्पनी सुचिकृत

तराई द्रुतमार्ग (एक्सप्रेस वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि ६ कम्पनी सुचिकृत

तराई द्रुतमार्ग (एक्सप्रेस वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि ६ कम्पनी पहिलो सुचिकृत भएका छन् ।  डीपिआर निमार्णका लागि प्रस्ताव दर्ता गराएका १७ मध्ये ६ कम्पनी पहिलो चरणमा सुचीकृत भएका हुन् । दुु्रतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले साढे ३ महिनाको समय राखेर प्रस्ताव माग गरेकामा एक नेपाली सहित १७ कम्पनी इच्छुक देखिएका थिए । 

संघीय संसदको संयुक्त बैठक आज बस्दै

संघीय संसदको संयुक्त बैठक आज बस्दै

संघीय संसदको संयुक्त बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा अपराह्न चार बजे बस्ने बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सन्चालन नियमावली ०७५ पारित गर्नेछ ।

कार्यकर्ता रिहाइको माग गर्दै शैक्षिक हड्ताल

कार्यकर्ता रिहाइको माग गर्दै शैक्षिक हड्ताल

अनेरास्ववियु (क्रान्तिकारी) ले शैक्षिक हड्ताल गरेको छ । आफ्ना कार्यकर्तालाई झुटा मुद्दा लगाएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले शैक्षिक हड्ताल गरेको हो ।  

चितवनमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु ७ जना घाइते  ।

चितवनमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु ७ जना घाइते ।

चितवनमा आज बिहान सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रकले पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई पानीधारा भन्ने स्थानमा बिहान ठक्कर दिँदा दुर्घटना भएको हो । चितवन प्रहरीका अनुसार, ३ जनाको दुर्घटनामा मृत्यु भए पनि सनाखत हुन सकेको छैन ।

थप हवाइ रूटबारे भारतसँग छलफल हुँदै

थप हवाइ रूटबारे भारतसँग छलफल हुँदै

भारतबाट नेपाल प्रवेश हुने थप हवाइ रूटबारे दुई देशका अधिकारीबीच काठमाडौंमा छलफल सुरु भएको छ। राजधानीको एक होटलमा बिहीबार बिहानदेखि छलफल जारी छ। छलफलमा नेपालमा बनिरहेका अन्तर्राष्ट्रिय विमानस्थलका लागि चाहिने रूट भारतले उपलब्ध गराउने र नेपालका तराई क्षेत्रका विमानस्थलबाट भारतीय सहरमा हुने सीमापार उडानबारे कुरा हुने नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए। छलफलमा भारतीय विमानस्थल प्राधिकरणका एयर नेभिगेसन प्रमुख एके दत्ता नेतृत्वको टोली सहभागी छ। नेपाली पक्षको नेतृत्व प्राधिकरणका एयर नेभिगेसन प्रमुख नरेन्द्रबहादुर थापाले गरेका छन्। छलफल शुक्रबारसम्म चल्नेछ। नेपाल–भारतको हवाइ सम्झौतामा नेपालले माग गरेका हवाइ रूट उपलब्ध गराउन भारत सैद्धान्तिक रूपमा सहमत भइसकेको छ। सम्झौताको ९ वर्ष बित्दा पनि नेपालले थप हवाइ रूट पाएको छैन। अहिले भारतीय आकाशबाट सिमरा हुँदैमात्र जहाज नेपाल आउन पाउँछन्। नेपालले जनकपुर, भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरमा हवाइ रूट माग गरेको छ।

कृत्रिम महँगी: सरकारले मूल्य बढेको देखेन

कृत्रिम महँगी: सरकारले मूल्य बढेको देखेन

विभागले भने व्यवसायीसँग हरेक दिन छलफल भइरहेको दाबी गरेको छ । छलफलका क्रममा होलसेल व्यापार र चेम्बर अफ कमर्सका पदाधिकारीले मूल्य नबढेको दाबी गरेको विभागले जनाएको छ । भन्सार वृद्धि भएपछि केही मात्रामा बढ्नु स्वाभाविक भएको विभागको तर्क छ । बजेटको एक–दुई दिनमै मूल्य वृद्धि नभए पनि अहिले बजारमा केही समस्या रहेको महानिर्देशक गौचनले स्विकारे । होलसेल र खुद्राले एकअर्कालाई दोष दिएर पन्छिएको विभागले जनाएको छ । अनुगमनका क्रममा बिल नहुँदा पनि पुष्टि हुन नसकेको उनले बताए । ‘बिल दिँदैनन् । त्यसले गर्दा उपभोक्ताहरू ठगिए । उपभोक्ताहरूले मूल्य बढेको महसुस गरे,’ महानिर्देशक गौचनले भने, ‘बिल नहुँदा प्रमाण भएन ।’ बिलबीजकको अनुगमन र कारबाही गर्ने आन्तरिक राजस्व विभागले हो । तर, आन्तरिक राजस्व विभागले पनि बेवास्ता गर्दै आएको छ । व्यवसायीले बिलबीजक जारी गरे/नगरेको प्रभावकारी रूपमा अनुगमन गर्न सकेको छैन । ‘सरकारले बिल जारी गर भनेको छ । व्यवसायीको दायित्व पनि हो,’ उनले भने, ‘पारदर्शिताका लागि बिल अनिवार्य चाहिन्छ । तर, व्यवसायीले बिल जारी गरेका छैनन् ।’ बिलको विषयमा आन्तरिक राजस्व विभागसँग छलफल गरिने उनले बताए ।

विश्वकप फुटबल आजबाट सुरु हुँदै

विश्वकप फुटबल आजबाट सुरु हुँदै

रसियामा आजदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुदैँछ। प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक रसिया र साउदी अरेबिया भिड्दैछन्। खेल मस्को स्थित राष्ट्रिय रंगशाला लुजनेकीमा हुनेछ। फिफा वरियता अनुसार विश्वकपमा सहभागि रसिया सबैभन्दा कमजोर मुलुक हो। तर आयोजक र समर्थकका हिसाबले रसिया फाइदामा रहनेछ। रसिया फिफा वरियतामा ७० औँ स्थानमा छ भने साउदी अरेबिया ६७ औँ स्थानमा छ।

रानीपोखरीमा सकियो साढे २ करोड, दोस्रो पटक टेन्डर आह्वान हुँदै

रानीपोखरीमा सकियो साढे २ करोड, दोस्रो पटक टेन्डर आह्वान हुँदै

काठमाडौं महानगरपालिका रानीपोखरी पुनर्निर्माण गर्न दोस्रो पटक टेन्डर आह्वान गर्ने भएको छ। पुनर्निर्माणका लागि डिजाइन तयार भइसकेको छ। अनुमानित खर्च निकाल्न बाँकी रहेको महानगरपालिकाले जनाएको छ। महानगरको शहरी पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले यही साताभित्र टेन्डर आह्वान हुने जानकारी दिए। भूकम्प गएकै वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीबाटै पुनर्निर्माण अभियान सुरु गरेकी थिइन्। पुनर्निर्माणका लागि रानीपोखरीमा २ करोड ३० लाख रुपैयाँ सकिएको छ। रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण पुरातत्व विभागले गरिरहेको छ। महानगरले बाँकी भाग पुनर्निर्माण गर्न टेन्डर आह्वान गर्न लागेको हो। ‘पुनर्निर्माणको कुल लागतमध्ये २ करोड ३० लाखको भरपाई भइसकेको छ,’ महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘पुरातत्व विभागले हामीले गरेको काम भएन भनेपछि वर्ल्ड वाइड कँडेल के एण्ड केजी जेभीसँगको ठेक्का रद्ध गरेर अर्को टेन्डर आवहनको तयारी गरेका हौं।’ कम्पनीले २ करोड ३० लाखमा संरचना भत्काउने, प्याराफीटमा ग्रिनरीको बनाउने, पोखरी सफा गर्ने, वरिपरि पैदल मार्ग बनाउने र ढुङगा लगाउने, पोखरी सुकाउने, त्यहाँको स्थानान्तरण गर्न र मन्दिरको जग हाल्नमा खर्चेको छ। कम्पनीसँग रानीपोखरी ७ करोडमा बनाउने भनेर सम्झौता भएको थियो। ‘बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा विवाद आएपछि विभाग र हामी बसेर छलफल गरेरै विभागले बनाउने निर्णय भएको थियो। निर्णयअनुसार अहिले उसले बनाइरहेको छ,’ महानगरका प्रवक्ता कार्कीले भने। २०७३ वैशाख १० देखि ठेकेदार कम्पनी वर्ल्ड वाइड कँडेल के एण्ड केजी जेभीले काम थालेको थियो। सिमेन्ट, ढुंगा, रोडा, गिटीलगायत कंक्रिट प्रयोग गरी पुनर्निर्माण थालिएपछि स्थानीयले विरोध गरे। विरोधपछि पुरातत्व विभागले काम रोक्न निर्देशन दियो। विभागको निर्देशनपछि २०७४ चैतमा सो कम्पनीसँगको ठेक्का रद्ध भयो। रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको जिम्मा विभाग आफैंले लिएको छ। महानगरपालिकाले बगैचा, पर्खाल र पोखरी निर्माणको जिम्मा पाएको छ। ‘हाम्रो काममा चित्त नबुझेको भन्दै विभाग आफैंले बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गरिहेको छ,’ शहरी पूर्वाधार विभाग प्रमुख थापाले भने, ‘हामी पनि मन्दिर बाहेकका भाग पुनर्निर्माणका लागि डिजाइन तयार गरिरहेका छौं।’ विभागले एक करोड ५० लाख रुपैयाँमा कडेल(राम जेभी) रानीवारीलाई ठेक्का दिएको हो। ठेकेदार कम्पनीले असार मसान्तसम्म काम सकाइसक्नुपर्ने भएपनि ठेकेदार कम्पनीको काम हेर्दा पुनर्निर्माण आगामी असारमा नसकिने देखिन्छ। ‘असारसम्म मन्दिर पुनर्निर्माण सक्ने लक्ष्य छ। यति नै प्रतिशत काम भयो भनेर रेकर्ड राखेका छैनौं,’ विभागका प्रवक्ता रामबहादुर कुँवरले भने, ‘उसले काम सकाएपछि बिल भरपाई पाउने हो।’ विभागका अनुसार बालगोपालेश्वर मन्दिर २०७२ वैशाख १२ को भूँइचालोकै स्वरूपमा पुनर्निर्माण भइरहेको छ। राजा प्रताप मल्लले माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले १७ औं शताब्दीमा उक्त पोखरी निर्माण गरेका थिए। पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए। १९९० सालको भूकम्पमा मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप दिएका थिए। अब पुनर्निर्माण हुने रानीपोखरी सोही अनुसारको निर्माण हुने महानगरपालिकाले जनाएको छ।

‘फ्रि भिसा फ्रि टिकट’ पछि मेनपावरहरुद्वारा कामदारबाट पाँचगुणासम्म असुली

‘फ्रि भिसा फ्रि टिकट’ पछि मेनपावरहरुद्वारा कामदारबाट पाँचगुणासम्म असुली

फ्रि भिसा फ्रि टिकट’ पछि मेनपावरहरुद्वारा कामदारबाट पाँचगुणासम्म असुली

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd