काठमाडौं स्थित अमेरिकी दूतावासले केन्द्रीय पुस्तकालय र सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गरेको छ । बजेट अभावको कारण दूतावासले सो निर्णय लिएको बताईएको छ ।
काठमाडौं । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य भन्दा ३६ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७४ र ०७५ को साउनदेखि पुस महिनासम्म लक्ष्य भन्दा बढी राजश्व संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले जानकारी दिनुभयो ।
छिमेकी मुलुक चीनको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) अन्तर्गत अगाडि बढाउने उद्देश्यका साथ सरकारले एक दर्जनभन्दा बढी विकासका प्रस्ताव संकलन गरेको छ । चीनसँग सडक, रेल, जलविद्युत, प्रसारण लाइन एवम् सन्चारसँग जोड्ने कार्य (कनेक्टिभिटी)लाई प्राथमिकतामा राखेर सरकारले प्रस्ताव तयार गरेको हो ।
काठमाडौँ, २२ मंसिर । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।
विद्युत् प्रसारणको लाइन बिग्रिएपछि चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट विद्युत् उत्पादन कार्य आज दिउँसोेदेखि बन्द भएको छ । बिग्रिएको राष्ट्रिय प्रसारण लाइनलाई मर्मत गरी यथाशक्य चाँडो विद्युत् उत्पादन सञ्चालन गराउन दक्ष प्राविधिकको माग भइसकेको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्राली पर्साको इजाजत रद्द गरेको छ । प्रालिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले आज आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो ।
भारतीय पक्षले मीरगन्जस्थित पुल पूर्ण रुपमा मर्मत गरी आयात–निर्यातलाई सहज बनाउने पहल नगर्दा सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु प्रभावित भएका छन् । औद्योगिक क्षेत्र प्रभावित भएसँगै विराटनगर भन्सारको राजश्व संकलन पनि आधा घटेको छ ।
बेमौसमी तरकारी खेतीको प्रचलन बढ्दै जाँदा तरकारीमा विषादीको प्रयोग अत्यधिक भएको पाइएको छ । तरकारीमा प्रयोग हुने विषादीले मानव स्वास्थ्यमा मन्दविषको काम गरिरहेको विज्ञहरुको भनाई छ ।
मंसिर १० र २१ गरी दुई चरणमा हुन गइरहेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा सामाजिक सञ्जालमा ‘स्पोन्सर’को नाममा मुलुकबाट करोडौँ रुपैयाँ आर्थिक कारोवार भएको छ । सामाजिक सञ्जालमा ‘पेज स्पोन्सर’ र ‘पोस्ट बुस्ट’का नाममा प्रतिउम्मेदवारले औसतमा हजार डलर खर्च गरिरहेको फेसबुक स्पोन्सर गराउँदै आएका विज
भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएलगत्तै शुक्रबार राति १२ बजेदेखि टनकपुरबाट आयात भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको छ ।
Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd