राजपाको महाधिवेशन तयारी तिब्र
कांग्रेस जिल्ला सभापतिको भेलामा बन्दशत्र आजपनि जारी रहने

कांग्रेस जिल्ला सभापतिको भेलामा बन्दशत्र आजपनि जारी रहने

तीन दिनदेखि जारी कांग्रेस जिल्ला सभापतिको भेला आज पनि हेटौडामा जारी छ । भेलाको तेस्रो दिन बैठक सम्पन्न गर्ने तयारी गरिएपनि जिल्ला सभापतिले बोल्ने क्रम नसकिएपछि बैठक लम्बिने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेलाको बन्दशत्र आजपनि जारी रहने क्यापिटल समाचारलाई जानकारी दिनुभएको छ ।

कांग्रेस जिल्ला सभापतिको भेलामा आजबाट बन्दसत्र शूरु

कांग्रेस जिल्ला सभापतिको भेलामा आजबाट बन्दसत्र शूरु

हेटौंडामा जारी कांग्रेस जिल्ला सभापतिको भेलामा आजबाट बन्दसत्र शूरु हुँदैछ । हिजो सुरु जिल्ला सभापतिको भेलाको अहिले साढे ९ बजेदेखि बन्दसत्र शूरु हुने कांगे्रस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आज हेटौंडामा शुरू हुँदै

नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आज हेटौंडामा शुरू हुँदै

नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आज हेटौंडामा शुरू हुँदैछ । तीन दिनसम्म चल्ने भेलामा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरु हेटौंडामा जम्मा भएका छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । अपरान्ह ४ बजे हेटौडामा बस्न लागेको केन्द्रीय समिति बैठकमा भोलिबाट हुने जिल्ला सभापतिहरुको भेलाबारे एजेन्डा तय गर्ने र समसामयिक राजनीतिक परिस्थिति बारे छलफल हुने कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले जानकारी दिनुभएको छ ।। 

संघीय संसदको संयुक्त बैठक आज बस्दै

संघीय संसदको संयुक्त बैठक आज बस्दै

संघीय संसदको संयुक्त बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा अपराह्न चार बजे बस्ने बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सन्चालन नियमावली ०७५ पारित गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली यही असार ५ गतेदेखि  औपचारिक चीन भ्रमणमा

प्रधानमन्त्री केपी शर्मा ओली यही असार ५ गतेदेखि औपचारिक चीन भ्रमणमा

प्रधानमन्त्री केपी शर्मा ओलीको यही असार ५ गतेदेखि हुने औपचारिक चीन भ्रमणमा करिव एक दर्जन सहमति र सम्झौता हुने भएका छन् । तर, यातायात तथा पारवहन प्रोटोकलले भने अन्तिम रुप नपाउने भएको छ । 

थप हवाइ रूटबारे भारतसँग छलफल हुँदै

थप हवाइ रूटबारे भारतसँग छलफल हुँदै

भारतबाट नेपाल प्रवेश हुने थप हवाइ रूटबारे दुई देशका अधिकारीबीच काठमाडौंमा छलफल सुरु भएको छ। राजधानीको एक होटलमा बिहीबार बिहानदेखि छलफल जारी छ। छलफलमा नेपालमा बनिरहेका अन्तर्राष्ट्रिय विमानस्थलका लागि चाहिने रूट भारतले उपलब्ध गराउने र नेपालका तराई क्षेत्रका विमानस्थलबाट भारतीय सहरमा हुने सीमापार उडानबारे कुरा हुने नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए। छलफलमा भारतीय विमानस्थल प्राधिकरणका एयर नेभिगेसन प्रमुख एके दत्ता नेतृत्वको टोली सहभागी छ। नेपाली पक्षको नेतृत्व प्राधिकरणका एयर नेभिगेसन प्रमुख नरेन्द्रबहादुर थापाले गरेका छन्। छलफल शुक्रबारसम्म चल्नेछ। नेपाल–भारतको हवाइ सम्झौतामा नेपालले माग गरेका हवाइ रूट उपलब्ध गराउन भारत सैद्धान्तिक रूपमा सहमत भइसकेको छ। सम्झौताको ९ वर्ष बित्दा पनि नेपालले थप हवाइ रूट पाएको छैन। अहिले भारतीय आकाशबाट सिमरा हुँदैमात्र जहाज नेपाल आउन पाउँछन्। नेपालले जनकपुर, भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरमा हवाइ रूट माग गरेको छ।

मधेसवादी दलहरुले राखेका  माग संशोधन गर्ने तयारी

मधेसवादी दलहरुले राखेका माग संशोधन गर्ने तयारी

सरकारले संविधान संशोधनका बिषयमा मधेसवादी दलहरुले राखेका ११ माग मध्ये दुई वटा माग संशोधन गर्ने तयारी गरेको छ । सत्तासिन नेकपाका शीर्ष नेताहरुले संशोधनको बिषयमा संवाद अघि बढाएका छन् ।

सरिता प्रसाई राष्ट्रियसभामा कांग्रेसकी प्रमुख सचेतक

सरिता प्रसाई राष्ट्रियसभामा कांग्रेसकी प्रमुख सचेतक

नेपाली कांग्रेसले राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकमा सरिता प्रसाईलाई मनोनित गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले प्रसाईलाई पार्टीको तर्फबाट संसदीय दलको प्रमुख सचेतकमा मंगलबार मनोनयन गरेको कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले जानकारी दिए। प्रसाई कांग्रेस केन्द्रीय सदस्य हुन्। झापाकी उनी पूर्व कृषि राज्यमन्त्री पनि हुन्। गत निर्वाचनमा उनी प्रदेश १ बाट राष्ट्रियसभा सदस्य विजयी भएकी थिइन्

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd