आर्थिक सहायता रोक्न निर्वाचन आयोगको निर्देशन

आर्थिक सहायता रोक्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भएको अवधिमा कुनै पनि आर्थिक सहायता रकम उपलब्ध नगराउन सरकारलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को हरेक बैठकबाट आर्थिक सहायता वितरण भइरहेको सार्वजनिक भएपछि आयोगले यस्तो निर्देशन जारी गरेको हो ।

प्रदेशसभा ३ को पहिलो बैठक आज बस्दै

प्रदेशसभा ३ को पहिलो बैठक आज बस्दै

प्रदेशसभाको पहिलो बैठक आज बस्ने भएको छ । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक आज हेटौडामा बस्न लागेको हो । हेटौंडामा आज पहिलोपटक बस्न लागेको बैठकमा प्रदेशसभाको अन्तरिम कार्यविधी पास गर्ने र सभामुख चयनको प्रस्ताव सम्भावित कार्यसूचीमा राखिएको छ ।

सरकार छाड्न ढिलाइ भएको छैन : प्रधानमन्त्री

सरकार छाड्न ढिलाइ भएको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई सरकारमा आउने हतारोका कारण सरकार छाड्न ढिलाइजस्तो देखिएको बताउनु भएको छ ।

प्रधान न्यायाधीश गोपाल पराजुली प्रहरी घेरामा

प्रधान न्यायाधीश गोपाल पराजुली प्रहरी घेरामा

ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधान न्यायाधीश गोपाल पराजुली प्रहरी छानविनको घेरामा पर्नु भएको छ । प्रधान न्यायाधीश पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिनु भएको थियो ।

 प्रधानन्यायाधीशद्वारा मार्ने धम्की : वरिष्ठ अधिवक्ता भण्डारी

प्रधानन्यायाधीशद्वारा मार्ने धम्की : वरिष्ठ अधिवक्ता भण्डारी

प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले सुरक्षाको माग सहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिनुभएको छ ।

प्रदेश सरकार सञ्चालनका लागि कर्मचारी खटिए

प्रदेश सरकार सञ्चालनका लागि कर्मचारी खटिए

सामान्य प्रशासन मन्त्रालयले प्रदेशसभा र प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कर्मचारी खटाउने कार्य जारी राखेको छ । सातैवटै प्रदेशमा प्रदेशसभाको बैठक बस्न थालेकाले आवश्यक कर्मचारी खटाउन थालिएको हो ।

राष्ट्रियसभा निर्वाचन तयारीः एक मतदान केन्द्रमा ८ वटा मतपेटिका राखिने

राष्ट्रियसभा निर्वाचन तयारीः एक मतदान केन्द्रमा ८ वटा मतपेटिका राखिने

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्र केन्द्रीत तयारी शुरु गरेको छ । माघ १५ गते उम्मेद्वारहरुको अन्तिम नामावली सार्वजनिक गर्नुका साथै उम्मेद्वारहरुलाई चुनाव चिन्ह वितरण गरिसकेको आयोगले मतदान केन्द्र केन्द्रीत तयारी थालेको निर्वाचन आयोगका उपसचिव एंव सूचना अधिकारी

‘मुख्यमन्त्री र प्रदेश सभामुख छान्न स्थायी कमिटि बैठक’

‘मुख्यमन्त्री र प्रदेश सभामुख छान्न स्थायी कमिटि बैठक’

नेकपा एमालको स्थायी कमिटि बैठक अहिले जारी छ । कम्युनिस्ट गठबन्धनबीच भागबण्डा गर्दा आफ्नो भागमा परेका मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन गर्न बैठक बसेको हो ।  

आयोगको मतदाता शिक्षा र उम्मेदवारको प्रचार सँगै

आयोगको मतदाता शिक्षा र उम्मेदवारको प्रचार सँगै

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदाता शिक्षा दिन सुरु गरेको छ । आयोगले राष्ट्रियसभा निर्वाचन प्रक्रिया, मतपत्रको प्रयोग लगायतका मतदाता शिक्षा दिन सुरु गरेको हो ।

राजनीतिक दललाई आफ्नो आय–व्यय विवरण बुझाउन आयोगको निर्देशन

राजनीतिक दललाई आफ्नो आय–व्यय विवरण बुझाउन आयोगको निर्देशन

निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो आय–व्ययको विवरण माघ मसान्तभित्र बुझाउन सूचित गरेको छ । आयोगसमक्ष लेखापरीक्षण प्रतिवेदन पेश गरेको एक महिनाभित्र त्यस्तो प्रतिवेदन सार्वजनिक गर्नसमेत आयोगले राजनीतिक दलहरुलाई सूचनामार्फत निर्देशन दिएको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd