ओली र प्रचण्ड बीच सरकार गठन र पार्टी एकताबारे छलफल 

ओली र प्रचण्ड बीच सरकार गठन र पार्टी एकताबारे छलफल 

पौष ११ काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल हुँदैछ । छलफल बाम एकता र राष्ट्रियसभा सदस्य निर्वाचनमा केन्द्रीत रहने स्रोतले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल राजधानी बाहिर भएपछि लामो समयदेखि रोकिएको एकता संयोजन समितिको बैठक बस्नुअघि दुई

तीन हप्ताभित्र नयाँ सरकार बन्छ : महरा

तीन हप्ताभित्र नयाँ सरकार बन्छ : महरा

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन हप्ता भित्र नयाँ सरकार बन्ने बताउनु भएको छ । दाङमा आज  विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महराले सरकार गठन गर्न  प्रतिनिधिसभा सदस्य भए पुग्ने भएकाले तत्कालै सरकार गठन प्रक्रिया सुरु हुने बताउनु भएको हो ।

प्रदेश मन्त्रालयमा तत्काल ३ हजार कर्मचारी पठाउने तयारी

प्रदेश मन्त्रालयमा तत्काल ३ हजार कर्मचारी पठाउने तयारी

सामान्य प्रशासन मन्त्रालयले करिब तीन हजार कर्मचारी प्रदेश स्तरको मन्त्रालयमा खटाउने गरी गृहकार्य थालेको छ । मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले अन्तरिम व्यवस्थापन अन्तर्गत प्रदेशस्तरमा खटाउने गरी कर्मचारीको व्यवस्थापन भइरहेको जानकारी दिनु भयो ।

प्रमुख दलको बैठक शुरु - राष्ट्रियसभा निर्वाचन अध्यादेशलगायत अन्य राजनीतिक मुद्दामा छलफल

प्रमुख दलको बैठक शुरु - राष्ट्रियसभा निर्वाचन अध्यादेशलगायत अन्य राजनीतिक मुद्दामा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको प्रमुख पाँच दलको बैठक बालुवा टारमा अहिले जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवा टारमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसहितको बैठक जारी रहेको छ ।

प्रदेश राजधानी माग गर्दै मैनबत्ती जुलुस

प्रदेश राजधानी माग गर्दै मैनबत्ती जुलुस

कपिलवस्तु, ७ पुस । प्रदेश नं ५ को राजधानी कपिलवस्तुलाई बनाउनुपर्ने माग गर्दै बिहीबार साँझ सदरमुकाम तौलिहवामा मैनबत्ती जुलुस प्रदर्शन गरिएको छ । युवा, बुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधि, व्यापारीले ५ नं प्रदेशको राजधानी कपिलवस्तु नै बनाउनुपर्ने माग गर्दै बजार परिक्रमा गरेका थिए । 

जनताले दिएको जनमतप्रति विनम्र बन्नुपर्छ : दाहाल

जनताले दिएको जनमतप्रति विनम्र बन्नुपर्छ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमार्फत् जनताले दिएको जनमतप्रति पार्टी र नेताहरु विनम्र हुनुपर्ने बताएका छन् ।

समानुपातिकतर्फको अन्तिम मतपरिणाम र सिट आज सार्वजनिक गरिने

समानुपातिकतर्फको अन्तिम मतपरिणाम र सिट आज सार्वजनिक गरिने

काठमाडौँ, ७ पुस । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको दलहरुले प्राप्त गर्ने सिट संख्या आज सार्वजनिक गर्ने भएको छ । 

राष्ट्रियसभा निर्वाचन नभएसम्म सरकार छाड्दैनौंः कानूनमन्त्री थापा

राष्ट्रियसभा निर्वाचन नभएसम्म सरकार छाड्दैनौंः कानूनमन्त्री थापा

कानूनमन्त्री यज्ञबहादुर थापाले राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने बताएका छन् । वाम गठबन्धनका नेताद्वय केपी ओली र प्रचण्डले अहिल्यै कुर्सी छोड भनेर देउवाको राजीनामा माग्नु दम्भ र उत्तेजनाको अभिव्यक्ति भएको उनले बताए ।

‘एमालेलाई बधाई, चुनाव हार्नुको मुख्य दोषी मै हुँ’ : कमल थापा

‘एमालेलाई बधाई, चुनाव हार्नुको मुख्य दोषी मै हुँ’ : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले निर्वाचनमा प्राप्त नतिजा अकल्पनीय एवं अत्यन्त निराशाजनक बताएका छन् । निर्वाचन परिणाम पार्टीको निमित्त प्रतिकुल रहेता पनि जनताको उक्त मतादेशलाई प्रजातान्त्रिक आदर्श अनुरूप हार्दिकता साथ शिरोधार्य गर्ने थापाले विज्ञप्तिमा प्रतिबद्धता जनाएका छन् ।

सबैभन्दा कम मनाङमा र सबैभन्दा बढी २ नं प्रदेशमा मत बदर

सबैभन्दा कम मनाङमा र सबैभन्दा बढी २ नं प्रदेशमा मत बदर

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुकभर औषतमा पाँच दशमलव १ ८ प्रतिशत मत बदर भएको छ ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हिमाली जिल्लाको तुलनामा मध्य तराई– मधेसका जिल्लामा बदर मत प्रतिशत निकै बढी रहेको पाइएको जानकारी दिनुभयो ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd