विश्वकप फुटबलः प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल आज

विश्वकप फुटबलः प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल आज

स्विडेन र स्विजरल्याण्ड तथा कोलम्बिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुने

विश्वकपमा आज समूह ’सी’ को दुई खेल र समूह ’डी’ को एक खेल हुँदै

विश्वकपमा आज समूह ’सी’ को दुई खेल र समूह ’डी’ को एक खेल हुँदै

रुसमा जारी फिफा विश्वकप फुटबलमा आज तीन खेल हुँदैछ । विश्वकपमा आज समूह ’सी’ को दुई खेल र समूह ’डी’ को एक खेल हुँदैछ । विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा समूह सीबाट डेनमार्क र अष्ट्रेलियाले प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सामरा एरिनामा हुनेछ । 

वन डे क्रिकेटमा अहिलेसम्मकै उच्च किर्तिमानी

वन डे क्रिकेटमा अहिलेसम्मकै उच्च किर्तिमानी

इंग्ल्यान्डले पाहुना टोली अष्ट्रेलियाविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिजमा जित हात पारेको छ । गए राति भएको तेस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियामाथि २ सय ४२ रनको फराकिलो जित निकाल्दै इंग्ल्यान्डले सिरिज हात पारेको हो । 

विश्वकप फुटबलमा  दोस्रो चरणको खेल अन्तर्गत आज समेत तीन खेल हुदै

विश्वकप फुटबलमा  दोस्रो चरणको खेल अन्तर्गत आज समेत तीन खेल हुदै

विश्वकप फुटबल अन्तर्गत आज समेत तीन खेल हुदैछ । दोस्रो चरणको खेल अन्तर्गत समुह एबाट उरुग्वे र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । उरुग्वे समुह चरणको पहिलो खेलमा मोरक्कोलाई १–० ले हराएको थियो । साउदी अरब आयोजक राष्ट्र रुससंग ५–० ले स्तब्ध भएको थियो । अघिल्लो चरण प्रवेशको नजिक पुग्न उरुग्वेलाई जित आवश्यक छ । साउदीलाई समेत खेलमा फर्कन ३ अंक महत्वपुर्ण छ । दोस्रो खेलमा समु

फिफा विश्वकप फुटबलमा आज तीन खेल हुँदै

फिफा विश्वकप फुटबलमा आज तीन खेल हुँदै

रुसमा जारी फिफा विश्वकप फुटबलमा आज तीन खेल हुँदैछ । आज हुने पहिलो खेलमा समूह ’एच’ बाट कोलम्बिया र जापानले प्रतिस्पर्धा गर्दैछ । कोलम्बिया र जापानबीचको खेल नेपाली समय अनुसार साँझ पौन ६ बजे सूरु हुनेछ ।

विश्वकप फुटबलको पछिल्लो खेलमा ब्राजिल र स्विटरज्याण्डको बराबरी÷सर्वियाले जित निकाल्दा जर्मर्नी, मेक्सिकोसंग पराजित  

विश्वकप फुटबलको पछिल्लो खेलमा ब्राजिल र स्विटरज्याण्डको बराबरी÷सर्वियाले जित निकाल्दा जर्मर्नी, मेक्सिकोसंग पराजित  

विश्वकप फुटबलको पछिल्लो खेलमा ब्राजिल र स्विटरज्याण्डको बराबरी÷सर्वियाले जित निकाल्दा जर्मर्नी, मेक्सिकोसंग पराजित   विश्वकप फुटबल अन्तर्गत उपाधि दाबेदार ब्राजिलले स्विटजरल्याण्डसंंग बराबरी खेलेको छ । समुह चरणको खेलमा ब्राजिलले फिफा वरियताको माथिल्लो स्थानमा रहेको स्विस टोलीसंग १–१ गोलको बराबरी खेलेको हो । 

रुसमा जारी फिफा विश्वकप फुटबलमा आजपनि तीन खेल हुँदै

रुसमा जारी फिफा विश्वकप फुटबलमा आजपनि तीन खेल हुँदै

रुसमा जारी फिफा विश्वकप फुटबलमा आजपनि तीन खेल हुँदैछन् । प्रतियोगिताअन्तर्गत आज हुने पहिलो खेलमा समूह ’ई’ बाट स्वीडेन र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्दै छन् । स्वीडेन र दक्षिण कोरियाबीचको खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

दाबेदार ब्राजिल र जब्बर स्वीस

दाबेदार ब्राजिल र जब्बर स्वीस

रोस्तोभ — रुसमा विश्वलाई आफ्नो हैसियत के हो भनेर देखाउने संकेत ब्राजिलले दिइसकेको छ । तर आइतबार विश्वकपको समूह ‘ई’ को पहिलो खेलमा जब्बर स्वीट्जरल्यान्डसँग उत्रँदा टोलीले आफ्नो उत्कृष्ट तयारीलाई निरन्तरता दिनुपर्नेछ । टिटेको प्रशिक्षणमा पाँचपल्टको विश्व च्याम्पियन ब्राजिलले उत्कृष्ट खेल्दै आएको छ । रुस विश्वकपलाई छनोट हुने पहिलो राष्ट्र पनि ब्राजिल हो । जबकि दक्षिण अमेरिकी छनोट चरणमा ब्राजिलको सुरुआत निकै दयनीय पारामा भएको थियो । अन्तमा ब्राजिल शीर्षस्थानमा रहँदै रुसको टिकट काट्न सफल भयो । क्रोएसिया र अस्ट्रियासँगको अभ्यास खेलमा ब्राजिलले राम्रो प्रभाव देखाएको थियो । फरवार्डहरू विलियन, रोबर्टो फिर्मिनो, ग्याब्रियल जेसस, फिलिप कोटिन्हो र प्रमुख स्ट्राइकर नेयमर सबै राम्रो लयमा देखिएका थिए । पछिल्लो विश्वकप आयोजकको हैसियतमा खेलेको ब्राजिललाई सेमिफाइनलमा जर्मनीले ७–१ ले धुलो चटाइदिएको थियो । ब्राजिलको यस कमजोर प्रदर्शनले २०१५ र २०१६ को कोपा अमेरिकामा पनि निरन्तरता पायो । जसका कारण रक्षात्मक शैली अपनाएका प्रशिक्षक डुंगाले जागिरबाट हात धुनुपर्‍यो । उनकै स्थानमा टिटे ल्याइएको थियो । उनले साओ पाउलोको कोरिन्थिएन्सलाई २०१२ मा कोपा लिबेर्टाडोरेज कप दिलाएका थिए । कोरिन्थिएन्सले चेल्सीमाथि असुहाउँदो विजय हात पार्दै त्यसपछि क्लब विश्वकप नै जितेको थियो । विद्यालयमा शारीरिक शिक्षाका शिक्षक रहिसकेका टिटेले ब्राजिली टोलीलाई डुंगा र त्यसअघिका प्रशिक्षक लुइस फिलिप स्कोलारीको समयमा भन्दा धेरै आक्रामक बनाएका छन् । टिटेको प्रशिक्षणमा ब्राजिलले निकै लोभलाग्दो प्रदर्शन गरेको छ । टोलीले २१ मध्ये १७ खेल जितेको छ र १ खेलमा मात्र हारेको छ । उनले हरेक खेलमा नयाँ कप्तान बनाउने गरेका छन् । यसले खेलाडीलाई अतिरिक्त जिम्मेबारी बढाएर हौसला प्रदान गर्ने गरेको पाइएको छ । ब्राजिलले छनोट चरणमा चिरप्रतिद्वन्द्वी अर्जेन्टिनामाथि ३–० को जित हात पारेको थियो । हालैमात्र जर्मनीमाथि १–० को जितले ब्राजिललाई २०१४ को विश्वकपमा पाएको पराजयमा मानसिक रूपमा दबाबबाहिर राखेको छ । ‘७–१ को पराजय हाम्रो दिमागमा छैन, अब हाम्रो स्तर विश्व च्याम्पियन्स बराबर भइसकेको छ । हामी पुन: इतिहास लेख्न चाहन्छौं,’ ब्राजिली रक्षक थिएगो सिल्भाले भने । ‘हामीसँग ठूलो आत्मविश्वास छ,’ मिडफिल्डर पाउलिन्होले भने, ‘धेरै हिसाबमा ब्राजिलले राम्रो तयारी गरेको छ । यो फुटबलको एउटा हिस्सा हो । चार वर्षमा धेरै सिक्न सकिन्छ ।’ ब्राजिलले खेल्न लागेको स्वीट्जरल्यान्ड त्यही टोली हो, जो विश्व वरीयताको छैटौं स्थानमा छ । छनोट चरणमा लगातार नवौ खेल जितेपछि स्वीस टोली यो स्थानमा आएको हो । तर क्लब स्तरमा खेल्दा स्विस खेलाडीको प्रदर्शन ठीक उल्टो छ । विङ्गर जेर्डान साकिरी खेलेको क्लब स्टोक सिटी इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो । ग्रानिट झाकाले आर्सनलबाट एकरुपको प्रदर्शन गर्न सकेनन् भने फरवार्ड ह्यारिस सेफेरोभिकले २०१८ मा पोर्चुगिज हस्ती बेन्फिकाबाट एउटै खेल प्लेइङमा खेलेनन् ।

रुसमा जारी फिफा विश्वकप फुटबलमा आज तीन खेल हुँदै

रुसमा जारी फिफा विश्वकप फुटबलमा आज तीन खेल हुँदै

रुसमा जारी फिफा विश्वकप फुटबलमा आज तीन खेल हुँदैछ । प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा समूह ’ई’ बाट कोष्टारिका र सर्बियाले प्रतिस्पर्धा गर्दै छन् । कोष्टारिका र सर्बियाको खेल नेपाली समय अनुसार समरा रंगशालामा साँझ पौने ६ बजे सुरु हुनेछ ।

साउदी अरेबियामाथी रुसको रवाफिलो जित

साउदी अरेबियामाथी रुसको रवाफिलो जित

विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक राष्ट्र रुसले साउदी अरेबियालाई पराजित गरेको छ । बिहिबार राति सम्पन्न खेलमा रुसले साउदी अरेबियालाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd