चीनका राष्ट्राध्यक्ष सी र विश्व आर्थिक मञ्चका अध्यक्षबीच भेट-वार्ता

चीनका राष्ट्राध्यक्ष सी र विश्व आर्थिक मञ्चका अध्यक्षबीच भेट-वार्ता

२४५ पटक पढिएको

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सोह्र तारिख पैचिङमा विश्व आर्थिक मञ्चका अध्यक्ष क्लाउस स्च्वाबसँग भेट-वार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले ऐतिहासिक प्रमाणहरूका आधारमा संकुचनले विकास हुन नदिने बरू खुलापन र सहयोगले मात्रै विकास गर्न सकिने विचार व्यक्त गर्नुभयो। उहाँले चीन जिम्मेवार ठूलो मुलुक भएकाले अन्तर्राष्ट्रिय समाज सँग-सँगै खुल्दै सहयोग, साझा समृद्धि, विश्वको उज्यालो, स्थिरता तथा सुन्दर भविष्य निर्माण गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न सदैव तत्पर रहेको औंल्याउनुभयो।

उहाँले चीन र विश्व आर्थिक मञ्चको सहयोगको समय चीनको खुलापन र सुधार प्रक्रिया लगभग एकैसाथ शुरू भएको भन्दै विश्व आर्थिक समृद्धिको नयाँ शक्ति खोज्नका लागि दुवै पक्षले साझा प्रयास गर्दै सहयोगलाई सबल पार्नुपर्ने बताउनुभयो।

प्रत्युत्तरमा अध्यक्ष क्लाउसले चीनले प्रस्तुत गरेको मानव भाग्य समुदायको निर्माण तथा खुला विश्व अर्थव्यवस्थाको अवधारणा प्रस्तुत गरेकोमा प्रशंसा गर्नुभयो। उहाँले आर्थिक विश्वव्यापीकरण र बहुपक्षीय व्यापारिक चुनौती देखेको समयमा राष्ट्राध्यक्ष सीको प्रस्तावबाट विश्वका विभिन्न मुलुकको सहयोग विकासमा स्पष्ट दिशा पहिल्याइएको बताउनुभयो।