पार्टी एकताबारे निर्णय गर्न माओवादीले बोलायो हेडक्वार्टर बैठक 

पार्टी एकताबारे निर्णय गर्न माओवादीले बोलायो हेडक्वार्टर बैठक 

४८८ पटक पढिएको

काठमाडौं । माओवादी केन्द्रले पार्टी एकताको बिषयमा आवश्यक छलफल गर्न केन्द्रिय सचिवालयको बैठक आह्वान गरेको छ ।

पार्टी एकता प्रक्रिया अपेक्षित गतिमा अघि नबढ्दा माओवादी केन्द्रले केन्द्रिय सचिवालय समितिको बैठक बोलाएको हो । बैठक कोटेश्वरको पेरिशडाडाँस्थित पार्टी केन्द्रिय कार्यालयमा बिहान ११ बजेका लागि बोलाईएको छ ।

पार्टी एकता गर्ने घोषणा सहित प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा एमालेसंग मिलेर चुनाव लडेको माओवादीले सम्मानजनक एकताको बिषयलाई जोड दिदै आएको छ ।

निर्वाचन र प्रादेशिक सरकारमा प्रतिशतका आधारमा भागबन्डा भएपनि पार्टी एकता भने बराबरीमा हुनुपर्ने माओवादीको माग छ । 

सो बिषयमा एमालेसंग सहमती जुट्न नसक्दा वाम पार्टी एकता अन्यौलमा परेको छ ।