मोदीलाई एक्लै भेट्दै ओली

मोदीलाई एक्लै भेट्दै ओली

४९८ पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज साँझ होटल द्वारिकाजमा एक्ला एक्लै भेटवार्ता हुने भएको छ । दुई प्रधानमन्त्रीको एक्लाएक्लै भेटपछि प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्ता हुने बालुवाटार स्रोतले जनाएको छ । भेटवार्ताका लागि साँझ साढे ६ बजेपछिको समय तय गरिएको छ ।
सोही होटलमा भारतीय प्रधानमन्त्री मोदीले पूर्वप्रधानमन्त्रीहरूसँग पनि भेटवार्ता गर्नेछन् । होटलबाटै दुबै प्रधानमन्त्रीले संखुवासभामा बन्न लागेको ९ सय  मेगावाटको अरूण तेस्रोको शिलान्यास पनि रिमोटमार्फत् गर्नेछन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी मोदीको सम्मान रात्रीभोज पनि आयोजना गरेका छन् ।