सिन्धुपाल्चोकमा बस्नेतलाई १० हजार मतान्तरले हराउँदै अग्नी सापकोटाको विजयी

सिन्धुपाल्चोकमा बस्नेतलाई १० हजार मतान्तरले हराउँदै अग्नी सापकोटाको विजयी

७७७ पटक पढिएको

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट वामगठबन्धनका उम्मेदवार अग्निप्रसाद सापकोटालेले विजयमा ह्याट्रिक गरेका छन्।

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका सापकोटाले यसपटकको निर्वाचनमा पनि विजयी हुँदै ह्याट्रिक पूरा गरेका हुन्।

सूचना सञ्चारमन्त्री एवं कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई हराउँदै सापकोटा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सापकोटाले ४०५०४ मत प्राप्त गरे भने बस्नेतले २९ हजार ७ सय ९८ मत प्राप्त गरेका छन् ।