प्रतिनिधिसभा समानुपातिकतर्फ ५५ प्रतिशत मतगणना, एमाले पहिलो स्थानमा

प्रतिनिधिसभा समानुपातिकतर्फ ५५ प्रतिशत मतगणना, एमाले पहिलो स्थानमा

१०२५ पटक पढिएको

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी रहेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म समानुपातिकतर्फको ५५ प्रतिशत मतगणना सकिएको छ । अहिलेसम्म सार्वजनिक गरिएको मतपरिणाम अनुसार नेकपा एमाले अगाडि देखिएको छ ।

समानुपातितर्फ नेकपा एमालेले २१ लाख ६५  हजार ४ सय ४३ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ भने नेपाली कंग्रेस २० लाख ८० हजार ३  सय ७६ मतसहित दोस्रो स्थानमा रहेको  छ । उता नेकपा माओवादी केन्द्र ८ लाख ३८ हजार ८ सय २ मतसहित तेस्रो स्थानमा रहेको छ । यस्तै संघीय समाजवादी फोरम नेपालले २ लाख ७६  हजार ४ सय २७ मत प्राप्त गरेको छ भने राष्ट्रिय जनता पार्टी नेपालले २ लाख १७  हजार ४ सय ९२  मत पाएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले  १ लाख ४५  हजार ५ सय ५२  मत प्राप्त गरेको छ भने विवेकशील साझा पार्टीले  १ लाख ४१  हजार ४ सय ५१  मत प्राप्त गरेको छ । यस्तै नयाँ शक्ति पार्टी नोपालले ६०  हजार ५९ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले ४८  हजार ८ सय ५८  मत प्राप्त गरेको छ भने राष्ट्रिय जनमोर्चाले भने ३६ हजार १ सय २ ५ मत प्राप्त गरेका छन् ।