तीन हप्ताभित्र नयाँ सरकार बन्छ : महरा

तीन हप्ताभित्र नयाँ सरकार बन्छ : महरा

९११ पटक पढिएको

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन हप्ता भित्र नयाँ सरकार बन्ने बताउनु भएको छ । दाङमा आज  विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महराले सरकार गठन गर्न  प्रतिनिधिसभा सदस्य भए पुग्ने भएकाले तत्कालै सरकार गठन प्रक्रिया सुरु हुने बताउनु भएको हो । निर्वाचन आयोगले समानुपातिक सिट घोषणा गरे लगत्तै सरकार गठन प्रक्रिया सुरु हुने भन्दै महराले आयोगले समानुपातिकको  सिट घोषणाको समेत अन्तिम तयारी गरेकाले तीन हप्ताभित्रै सरकार गठन भइसक्ने दावी गर्नुभयो ।