नेकपा माओवादी केन्द्रभित्र आठौं अधिवशेनको माग

नेकपा माओवादी केन्द्रभित्र आठौं अधिवशेनको माग

५९१ पटक पढिएको

निर्वाचन अघिबाटै एमालेसँग पार्टी एकिकरणको चर्चाका बीच नेकपा माओवादी केन्द्र भित्र भने एउटा समुहले आठौं अधिवशेनको माग बलियो बनाएको छ । अधिवेशन माग गर्दै माओवादी भित्र आठौं महाधिवेशन समुह निर्माण भएको छ । केन्द्रिय सचिवालय सदस्य गोपाल किरातीले नेतृत्व गरेको समुहको बैठकले गाउँ, नगर, जिल्ला तथा प्रदेश सम्मेलनको आयोजना गरी आठौं महाधिवेशन गर्न आग्रह गरेको छ ।

एमालेसँगको एकताको विपक्षका नेता किराँती नेतृत्वको समुहले मंसिर २२ गते राष्ट्रिय महाधिवेशन गर्न माग गर्दै पार्टी केन्द्रिय कार्यालयमा पत्र बुझाएको थियो । पार्टी एकताको आधार बारे प्रश्न गर्दै समुहले माओवाद लेनिनवाद र मार्क्सवादनै उल्लेख नरहेको जिकिर गरीएको छ । ६०-४० को मापदण्डले माओवादी पार्टीको अस्तित्व संकटमा पर्ने प्रति समुहले चासो ब्यक्त गरेको छ । माओवादी केन्द्र र एमाले बीचको एकता बारे समेत महाधिवेशनबाट निर्णय गर्नुपर्नेमा समुहले जोड दिएको छ ।