
राष्ट्रपतिद्वारा बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेलगत्तै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री एवं कंग्रेस सभापति देउवालाई विहान शितल निवासमा बोलाएर राजनीतिक निकासका लागि अध्यादेश प्रमाणीकरण गर्न लागेको जानकारी गराउनुभएको थियो ।
राष्ट्रिय सभा गठनमा एकल संक्रमणीय व्यवस्था गरिएको अध्यादेश प्रधानमन्त्री शेरवहादुर देउवाले २ महिना भन्दा लामो समयदेखि राष्ट्रपतिकोमा अड्कीएको थियो । अध्यादेश जस्ताको तस्तै पारित गर्नुपर्ने कांग्रेसको अडान तथा बहुमतीय प्रणाली अपनाउनुपर्ने एमालेको दबाबका कारण अध्यादेश प्रमाणीकरण नगर्दा राष्ट्रपति नै विवादमा तानिनुभएको थियो । अध्यादेश नहुँदा राष्ट्रियसभाको निर्वाचन हुन सकेन भने प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट समेत सार्वजनिक भएको थिएन । तर, एमाले आफ्नो अडानमा लचिलो भएपछि आज अध्यादेश जारी भएको छ । अब सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति तोक्नेछ ।

एमालेसँगको पार्टी एकताबाट पछि हट्न नसकिने : प्रचण्ड
३ पटक पढिएको
संसदले काम पाएन, अधिवेशन अन्त्यको तयारी
२१४ पटक पढिएको
आगामी वैशाख ९ गते एकीकृत पार्टीको घोषणाः उपाध्यक्ष गौतम
२४२ पटक पढिएको
एजेण्डा मिल्नेसँग सहकार्य हुने- महासचिव मैनाली
२५० पटक पढिएको
राष्ट्रपतिको शपथ बुधबार अपरान्ह ४ः०० बजे
१६५ पटक पढिएको