प्रदेशसभा समानुपातिकतर्फको सांसदहरुको सूची बुझाउने आज अन्तिम दिन

प्रदेशसभा समानुपातिकतर्फको सांसदहरुको सूची बुझाउने आज अन्तिम दिन

२६९ पटक पढिएको

प्रदेशसभातर्फको समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन भएकाले राजनीतिक दलहरु सांसद चयन गर्ने तयारीमा जुटेका छन् । निर्वाचन आयोगले आज कार्यालय समयभित्र दलहरुले प्रदेशसभामा पाएको सिट संख्याअनुसार समानुपातिक सांसदको सूची बुझाइसक्नुपर्ने समय तोकेको छ । यसअघि हिजो  विवेकशील साझा, नेमकिपा र दुई नम्बर प्रदेशमा एक सिटमात्र पाएको नेपाल संघीय समाजवादी पार्टीले समानुपातिकको सूची बुझाईसकेको निर्वाचन आयोगले जनाएको छ ।

नेकपा एमालेले प्रदेशसभामा समानुपातिकतर्फ पाएको ७५ सांसदको नामावली हिजै टुंगो लगाए पनि नाम भने बुझाउन बाँकी रहेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्र नाम टुंगो लगाउन गृहकार्यमा जुटेका छन् । प्रदेश समानुपातिकमा कांग्रेसले ७२ र माओवादीले ३५ सिट पाएका छन् ।