रमेश बाबु थापा र सुशिला सारु मगरको सालैजो गीत "परदेशी" बजारमा (भिडियो सहित)

रमेश बाबु थापा र सुशिला सारु मगरको सालैजो गीत "परदेशी" बजारमा (भिडियो सहित)

७२६ पटक पढिएको


पदम थापा मगर, पौष १५ पोखरा ।

गायक तथा मगर चलचित्रका नायक रमेश बाबु थापा र गायिका सुशिला सारु मगरको सालैजो गीत "परदेशी" बजारमा आएको छ ।

घरदेशको माया मुटुमै राखेर सालैजो परदेशी भईयाछ ।
दु:ख पिर भो लाउने परदेशको ठाउँमा सालैजो साथी र सैंया छ ।


भेट रमाइलो साथी र सैं ले हो ।
फेरि भेट कहिले हो कहिले हो ।


रमेश बाबु थापा र सुशिला सारु मगरको आवाजमा रहेको गीतको लय तथा शब्द सृजना रमेश बाबुले नै गरेका छन् । शंकर बि.सी.को निर्देशन र राजेश घिमिरेको छायांकनमा रहेको गीतको भिडियो सम्पादन नवीन घर्ती मगरले गरेका छन ।

कृष्ण फिल्मस् एण्ड एड्भरटाईजिङ्गले निर्माण गरेको उक्त भिडियोमा आरुसी, अर्जुन, जमुना र केशव को अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्