४२ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाईंदै

४२ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाईंदै

५३२ पटक पढिएको

४२ औँ राष्ट्रिय मेलमिलाप दिवस आज मुलुक भर मनाईदै छ । विपी कोइरालासहित नेपाली कांग्रेसका नेताहरु मेलमिलापको नीति लिई  भारतबाट स्वदेश फर्किएको ४१ वर्ष पूरा भएको अबसरमा आज मेलमिलाप दिवस मनाउन थालिएको हो । आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका कांग्रेस नेताहरु राष्ट्रिय एकता र मेलमिलापको नारालिई नेपाल फर्किनुभएको थियो । त्यस्तै देशभित्रका समस्या समाधानका लागि देशभित्रबाटै समाधान गर्नुपर्ने र सबैले आ–आफ्ना अडानबाट लचिलो हुनुपर्ने सन्देशसहितको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक भएको नेताहरुले बताएका छन् ।