राष्ट्रिय सभा चुनाव भोलि

राष्ट्रिय सभा चुनाव भोलि

२६१ पटक पढिएको

काठमाडौं । ऐतिहासिक राष्ट्रिय सभा चुनाव बुधबार हुँदै छ  । राष्ट्रिय सभा गठन नहुँदा दुई महिनाअघि सकिएको प्रतिनिधिसभा निर्वाचन समानुपातिकको अन्तिम नतिजा घोषणा हुन सकेको छैन ।

निर्वाचन आयोगले मंसिर २१ मा सकिएको प्रतिनिधिसभा निर्वाचनको मत परिणाम संवैधानिक र कानुनी जटिलताका कारण सार्वजनिक गर्न नमिलेको बताएको छ ।

यसबाट नयाँ सरकार गठन प्रक्रियासमेत ठप्प रहेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र राष्ट्रिय सभा निर्वाचन परिणाम आएलगत्तै प्रतिनिधिसभाको समानुपातिकको परिणाम दिने प्रक्रिया थालिने बताएका छन् । यादवका अनुसार चुनाव सम्पन्न भएको रातिबाट परिणाम आउने र २५ गते राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै परिणाम आईसक्ने छ ।

आयोगले माघ २६ गते राष्ट्रिय सभाको परिणाम राष्ट्रपतिसमक्ष बुझाउने लक्ष्य राखेको छ ।