सुरु भयो ‘नाइँ नभन्नू ल ५’काे सुटिङ, यी नायक गर्दै छन् डेब्यु

सुरु भयो ‘नाइँ नभन्नू ल ५’काे सुटिङ, यी नायक गर्दै छन् डेब्यु

५४६ पटक पढिएको

चलचित्र ‘नाई नभन्नु ल ५’ को छायाङ्कन सुरु भएको छ । झापाको बिर्तामोडबाट सोमबारबाट चलचित्रको औचिारिकरुपमा सुटिङ सुरु भएको हो । झापा र इलामका रमणीय स्थानमा खिचिने चलचित्रको झापास्थित सालवारि पोखरीबाट फिल्मको सुटिङ सुरु भएको हो । पहिलो दिन अभिषेक नेपाल र स्वस्तिमा खड्काले सट दिएका थिए । चलचित्रमा यस पटक नयाँ नायक अभिषेक नेपालले डेव्यु गर्दै छन् । कान्तिपुर फिल्म एकेडेमीमा अध्यनरत अभिषेकलाई चलचित्र निर्देशक विकास आचार्य छनोट गरेका हुन् । उनी चलचित्रमा नायिका स्वस्तिमा खड्काको जोडीको रूपमा देखिन्दै छन् ।

सुरु भयो ‘नाइँ नभन्नू ल ५’ सुटिङ, यी नायक गर्दै छन् गर्दै छन् डेब्यु 

चलचित्रमा अभिषेकसँगै सेड्रिना शर्मालाई लन्च गर्दै छन् । झापा  मूलघर भएकी सेड्रिनाले अनुभव रेग्मीको जोडीको रूपमा अभिनय गर्नेछिन् । निर्देशक आचार्यको अनुसार चलचित्रको छायाङ्कन झापाको बिर्तामोडमा ३ दिन र इलाम २५ दिन हुनेछ । त्यसपछि यो युनिट काठमाडौँ फर्किने छ । भदौ ८ गतेबाट प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र ‘नाई नभन्नु ल ५’मा यो पटक कलाकारको जम्बो टोली रहेको छ । चलचित्र अभिषेक, स्वस्तिमा र सेड्रिनाको साथमा प्रियंका कार्की, केकी अधिकारी, दिलीप रायमाझी लगायतका कलाकारको अभिनय रहेको छ । ‘ नार्इँ नभन्नू ल ३’मा पनि केकीलाई खेलाउन चाहेका थियौँ तर विविध कारणले मिलेको थिएन । यो पटक अवसर जुरेको छ,’ आचार्यले भने । केकीले चैतको तेस्रो साताबाट इलामको सेड्युल ज्वाइन गर्नेछिन् । 
विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको चलचित्रलार्ई पुरुषोत्तम प्रधानले खिच्दै छन् भन चलचित्रको सङ्गीत वसन्त सापकोटाले तयार पारेका छन् ।