अमेरिका बेलायत फ्रान्सबाट सिरियामा भएको हवाइ हमलाप्रति चीनको प्रतिकृया

अमेरिका बेलायत फ्रान्सबाट सिरियामा भएको हवाइ हमलाप्रति चीनको प्रतिकृया

२१३ पटक पढिएको

अमेरिका, बेलायत र फ्रान्सले अप्रिल चौध तारिख बिहान सिरियामाथि हवाइ हमला गरेका छन्। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले आजै त्यस विषयबारे पत्रकारको प्रश्नको जवाफ दिनुभएको छ।

प्रवक्ता ह्वाका अनुसार, चीनले सधैं नै अन्तर्राष्ट्रिय सम्बन्धमा सशस्त्र शक्ति प्रयोग गर्ने कुराको विरोध गर्नुका साथै विभिन्न मुलुकको सार्वभौमिकता, स्वतन्त्रता र भूखण्डको अक्षुण्णताको सम्मान गर्ने अडान लिंदै आएको छ। अन्तर्राष्ट्रिय कानुनको प्रारुपमा फर्केर सम्झौता-वार्तामार्फत समस्याको समाधान गर्न चीनले सम्बद्ध पक्षलाई ताकिता गरेको कुरा पनि प्रवक्ता ह्वाले बताउनुभएको छ।

चीन सरकारले सिरियामा रहेका चिनियाँ नागरिकहरूको सुरक्षाको उच्च महत्व दिएको बताउँदै प्रवक्ता ह्वाले सिरियाका लागि चिनियाँ राजदूतावासले उनीहरूसँग घनिष्ट सम्पर्क राख्दै जाने जानकारी पनि दिनुभएको छ।