अन्तर्राष्ट्रिय समूदायद्वारा राजनीतिक तवरद्वारा सिरिया समस्या समाधान गर्न आह्वान

अन्तर्राष्ट्रिय समूदायद्वारा राजनीतिक तवरद्वारा सिरिया समस्या समाधान गर्न आह्वान

१९३ पटक पढिएको

स्थानीय समय अप्रिल चौध तारिख विहान सबेरै अमेरिका,बेलायत र फ्रान्सको संयुक्त नेतृत्वमा रहेको सेनाले सिरियाली सरकार तथा सिरियाली सेनामाथि विभिन्न अखडामा हवाइ आक्रमण गरेको छ। सो आक्रमणबाट हालसम्म कति मानिस हताहत भए र जनधनको क्षति भयो भन्ने कुनै निश्चित भएको छैन। यो घटनाबाट अन्तर्राष्ट्रिय समुदायको उच्च ध्यानाकर्षण भएको छ। केही मुलुकले उक्त सैनिक कारवाहीको समर्थन गरेका छन् भने संयुक्त राष्ट्र संघ र अत्याधिक मुलुकहरुले सम्बन्धित पक्षलाई संयम भई राजनीतिक तरिकामार्फत समस्याको समाधान गर्न ताकिता गरेका छन्।

बेलायतका प्रधानमन्त्री टेरिसा मैले चौध तारिख एउटा वक्तव्य जारी गर्दै यस पटकको सैनिक कारवाहीको उद्देश्य रासायनिक हतियारबाट निर्दोष जनतालाई हानि पुर्‍याउने कार्य रोक्नु रहेको उल्लेख गर्नुभएको छ।

सिरियाली विदेश मन्त्रालयले चौध तारिख एउटा वक्तव्य प्रकाशित गर्दै सिरियाली सरकारले यो सैनिक आक्रमणको कडा शव्दमा निन्दा गरेको छ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चौध तारिख एउटा वक्तव्य प्रकाशि गर्दै अमेरिका तथा त्यसका संगाति मुलुकहरुले सिरियामाथि सैनिक हमलाको संयुक्त राष्ट्र संघको बडा-पत्र तथा अन्तर्राष्ट्रिय कानुन विपरीत भएको उल्लेख गर्नुभयो। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले चौध तारिख संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को अनुमति बिना कुनै पनि सैनिक गतिबिधि राष्ट्र संघको बडा-पत्र विपरीत रहेको औंल्याउनुभयो।