एक्काइसौँ शताब्दीमा नेपाल चीन सम्बन्ध र बीआरआई गोष्ठीमा नेपालका परराष्ट्रमन्त्रीद्वारा सम्बोधन

एक्काइसौँ शताब्दीमा नेपाल चीन सम्बन्ध र बीआरआई गोष्ठीमा नेपालका परराष्ट्रमन्त्रीद्वारा सम्बोधन

४१६ पटक पढिएको

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीनबीचको मैत्री सम्बन्धमा पाँचवटा संभावनाका प्राथमिकता रहेको बताउनु भएको छ। बिहीबार बेइजिङस्थित चाइना रिफम फोरममा आयोजित एक्काइसौँ शताब्दीमा नेपाल चीन सम्बन्ध र बीआरआई थिङ्कट्याङ्क सेमिनारलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले दुई देशबीचको मैत्री सम्बन्धलाई प्रगाढ बनाउका लागि पाँच बुँदाहरु अगाडि सार्नु भएको हो।

परराष्ट्रमन्त्री ज्ञवालीका अनसार यातायात अन्तरसन्जाल अन्तर्गत रेल सडक र हवाइ सेवामार्फत दुई देशलाई आपसमा घनिष्ट बनाउन सकिनेछ। त्यसैगरी नेपालको कृषि, पूर्वाधार विकास र सेवा क्षेत्रमा चिनियाँ लगानीको महत्वपूर्ण भूमिका रहेको छ। नेपालको जनशक्ति विकासको संभावना व्यापक रहेको भन्दै नेपालले चीनसँग मिलेर नेपाली युवालाई सशक्तीकरण गर्ने पनि उहाँले बताउनुभयो। नेपालको प्राकृतिक श्रोत, पर्यटन, सांस्कृतिक विविधता, जलवुद्युत लगायतका क्षेत्रमा चिनियाँ पूँजी र प्रविधि भित्र्याएर आपसी हित हुन सक्ने उहाँले औँल्याउनुभयो। मन्त्री ज्ञवालीले औँल्याउनु भएको पाँचौँ बुँदामा व्यापार, लगानी र बीआरआई मार्फत नेपाल र चीन अझै घनिष्ट हुनेछन्।

 

 

सो गोष्ठीमा चिनियाँ रिफम फोरमका कार्यकारी निर्देशक प्रोफेसर मा च्याली, नेपालका लागि पूर्व चिनियाँ राजदूत ली तप्यावो, चिनियाँ विद्वानहरु तिङ युआनहोङ, वाङ हइफङ, छन् स्यावोछन्, हान ह्वा र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले पनि नेपाल चीन सम्बन्धमा आफ्नो विचार व्यक्त गर्नु भएको थियो।