एमालेसँगको पार्टी एकताबाट पछि हट्न नसकिने : प्रचण्ड

 एमालेसँगको पार्टी एकताबाट पछि हट्न नसकिने : प्रचण्ड

३३१ पटक पढिएको

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको पार्टी एकताबाट पछि हट्न नसकिने प्रष्ट पार्नुभएके छ । पार्टी एकताका प्राविधिक विषय गम्भीर ढंगले टुंग्याइने उहाले बताउनुभयो । एमाले अध्यक्ष केपी ओलीसँग आज गम्भीर ढंगले एकताका बारेमा वार्ता गर्ने पनि उहाले बताउनुभयो ।

दाहाल निवास खुमलटारमा केही निकटस्थ व्यक्तिहरुसँगको भेटमा उनले एमाले नेताहरुको कार्यशैलीका कारण केही संशय पैदा गरेको बताउनुभएको हो । तर, समाधान गर्नै नसक्ने अवस्थामा भने नरहेको उहाको भनाइ छ । केही द्विविधा र शंका निवारण गर्दै एकता गरिने आश्वासन उहाले दिएको दाहालनिकट स्रोतले जनाएको हो ।

एमाले र माओवादीबीच यसअघि वैशाख ९ गते लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका दिन एकता घोषणा गर्ने भनिए पनि त्यो टरेको छ । विवादित विषयमा सहमति खोज्नका लागि एकता संयोजन समितिको बैठकले दाहाल र ओलीलाई जिम्मा दिएपछि दुई नेताबीच हिजो वार्ता भएको थियो । सो वार्तामा सहमति जुट्न नसक्दा फेरि वार्ता हुन लागेको हो ।