आचारसंहिता विपरित कर्मचारी सरुवा फाइल २४ घण्टा भित्र उपलब्ध गराउ : निर्वाचन आयोग

आचारसंहिता विपरित कर्मचारी सरुवा फाइल २४ घण्टा भित्र उपलब्ध गराउ : निर्वाचन आयोग

५५ पटक पढिएको

निर्वाचन आयोगले आचारसंहिता विपरित हुने गरी भएका कर्मचारी सरुवा सम्बन्धी फाइल २४ घण्टा भित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । आचारसंहिता विपरित कर्मचारी सरुवा गरेको भन्दै आयोगले २४ घण्टाभित्र सम्पूर्ण कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको हो । सरकारले यही आइतवार निर्वाचन हुने जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रहरी प्रमुखको समेत सरुवा गरेपछि आयोगले सरकारी निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । गृहमन्त्रालयले ३ वटा जिल्लाका प्रमुख जिल्लाअधिकारी सहित राजपत्राकिंत ६ जना कर्मचारीको सरुवा गर्दै आयोगसँग सहमति मागेको थियो ।