रसुवामा सिमा बन्द र निषेधित क्षेत्र घोषणा

रसुवामा सिमा बन्द र निषेधित क्षेत्र घोषणा

५२३ पटक पढिएको

मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि आज राति १२ बजेदेखि रसुवागढी सीमानाका बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा अगाडि नै सीमानाका बन्द गर्नु पर्ने भएकाले आज राति १२ देखि मंसिर १० गते राति १२ बजेसम्म रसुवागढी बन्द हुने रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।

जिल्लाको कालिका गाउँपालिका—१ राम्चेलाई जिल्ला प्रशासन कार्यालय रसुवाले निषेधित क्षेत्र घोषणा गरेको छ । राम्चेमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनले एकै स्थानमा आमसभा राखेको हुँदा सुरक्षालाई मध्यनजर राख्दै उक्त स्थानमा सभा जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो । त्यसैगरि नेपाल—भारत सिमानाकामा पनि उच्च सुरक्षा सतर्कता अपनाईएको छ ।