
मौन अवधि शुरु
पहिलो चरणमा आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको मौन अवधि जारी छ । गएराति १२ बजेदेखि मौन अवधि शुरु भएकाले राजनीतिक दल तथा उम्मेदवारले सम्बन्धित जिल्लामा मतदातासँग भोट माग्न पाउने छैनन् ।
मौन अवधिमा राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको चुनावका लागि मौन अवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने ४५ जिल्लामा चुनावको प्रसारप्रसार जारी रहने छ । पहिलो चरणको चुनावको मौन अवधिमा समाचार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
निर्वाचन आचारसंहितामा मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने उल्लेख छ । त्यसैगरी मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाइएको छ । उम्मेदवारहरुले एसएमएस, फेसबुक, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र चुनाव प्रचार प्रसार गर्नसमेत नपाउने व्यवस्था छ ।मौन अवधि सुरु भएपछि भोट माग्ने हिसावले कुनै पनि क्रियाकलाप गरेमा १ लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही हुन सक्ने आयोगले जनाएको छ ।

भोलि हुने राष्ट्रियसभा चुनावको सबै तयारी पूरा
२७६ पटक पढिएको
नुवाकोट २ ‘क’मा एमालेका केशव पाण्डे २०००९ मतसहित विजयी
३५६ पटक पढिएको
नुवाकोट १ ‘क’मा माओवादीकी राधिका तमाङ १८१३७ मतसहित विजयी
६०३ पटक पढिएको
नुवाकोट १ ‘ख’मा एमालेका बद्री मैनाली २०५०९ मतसहित विजयी
३८५ पटक पढिएको