५ हजार १ सय ८४ उम्मेदवार मैदानमा

५ हजार १ सय ८४ उम्मेदवार मैदानमा

३७२ पटक पढिएको

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ ५ हजार १ सय ८४ उम्मेदवार मैदानमा छन् । मंसिर १० र २१ मा दुई चरणमा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ४ सय ९५ जनप्रतिनिधि निर्वा्चित हुनेछन् । पहिलो चरणमा ३२ जिल्लामा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी १ सय ११ जनप्रतिनिधि निर्वा्चित हुनेछन् ।

यसै प्रणालीअन्तर्गत दोस्रो चरणको निर्वाचनबाट दुवै तहमा गरी ३ सय ८४ जनप्रतिनिधि चुनिनेछन् । प्रत्यक्ष निर्वाचनअन्गर्त प्रतिनिधिसभाका लागि सात प्रदेशबाट गरी १ हजार ९ सय ४५ र प्रदेशसभाका लागि सात प्रदेशबाट ३ हजार २ सय ३९ उम्मेदवार प्रतिस्पर्धामा छन् । मंसिर १० मा पहिलो चरणअन्तर्गत ३२ जिल्लामा चुनाव हुँदैछ । ती जिल्लामा ३२ लाख २८ हजार ८७९  मतदाता छन् । बाँकी जिल्लामा दोस्रो चरणमा मंसिर २१ मा मतदान हुनेछ । दोस्रो चरणको निर्वाचनबाट प्रतिनिधिसभातर्फ १ सय २८ सदस्य र प्रदेशसभातर्फ २ सय ५६ सदस्य चुनिनेछन् ।