बुद्ध जयन्तीको अवसरमा लुम्बिनी उद्यानमा एक कार्यक्रमको आयोजना

बुद्ध जयन्तीको अवसरमा लुम्बिनी उद्यानमा एक कार्यक्रमको आयोजना

११४ पटक पढिएको

२५६२ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०१८ को अवसरमा आज सोमबार बिहान लुम्बिनी उद्यानमा एक कार्यक्रमको आयोजना गरियो।

उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न देश र क्षेत्रका ३००० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पवित्र लुम्बिनीलाई आकर्षक गन्तव्यको रूपमा बनाउन आह्वान गर्नुभएको थियो। त्यसै गरी प्रधानमन्त्री ओलीले लुम्बिनी उद्यान भित्र रहेको चाईना टेम्पलका प्रमुख भिक्षु यिङ सुनलगायत लुम्बिनीको निर्माण र विकासमा योगदान पुर्याउनेहरूलाई कदरपत्र प्रदान गर्नुभयो।