आईपीएलमा बेङ्गलोरद्वारा मुम्बई १४ रनले पराजित 

आईपीएलमा बेङ्गलोरद्वारा मुम्बई १४ रनले पराजित 

४११ पटक पढिएको

एजेन्सी । आईपीएल क्रिकेटको पछिल्लो खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा बैङ्गलोरले मुम्बईलाई १४ रन हराएको हो । 

१ सय ६८ रनको लक्ष्य पछ्याएको मुम्बईले ७ विकेट गुमाएर १ सय ५३ रन मात्र बनाउन सक्यो । हार्दिक पाण्डेयले अर्धसतकिय पारि खेल्दै महत्वपुर्ण तीन विकेट झारेपनि टोलीलाई जिताउन सकेनन् । कुर्नाल पाण्डेय र जेपी डुमिनीले समान २३ रन बनाए । कप्तान रोहित शर्मा शुन्य रनमा आउट भएका थिए । 

यसअघि पहिले ब्याटिङ गरेको बैङ्गलोरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । मानन भोराले ४५ रन बनाएको इनिङ्समा ब्रेन्डन म्याकुलमले ३७ रन बनाए । कप्तान विराट कोहलीले ३२ रन बनाए । 

जितपछि बैङ्गलोर ८ खेलबाट ८ अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । मात्र ४ अंक जोड्दै मुम्बई सातौ स्थानमा छ ।