रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

१६८ पटक पढिएको

एजेन्सी । साबिकको विजेता रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रबेश गरेको छ ।

गए राति सेमिफाइनलको दोस्रो लेगमा वायर्न म्युनिखसँग २–२ को बराबरी खेल्दै रियलले समग्रमा ४–३ को जित निकालेको हो ।

रियलका दुवै गोल करीम बेन्जिमाले गरे । वायर्नका जोसुवा किमिच र जेम्स रोड्रीगेजले १–१ गोल गरेका थिए ।

सेमिफाईनलको पहिलो लेगमा रियालले २–१ को जित निकालेको थियो । रियालले उपाधिका लागि इङलिस क्लब लिभरपुल र इटालियन क्लब रोमासंग प्रतिस्पर्धा गर्नेछ ।